नदिजन्य पदार्थको उत्खनन गर्न मेसिनको प्रयोगमा रोक

१० वटै स्थानिय तहमा परिपत्र


तुलसीपुर,४ बैशाख ।
दाङका सबै स्थानिय तहहरुमा नदिजन्य पदार्थको उत्खनन गर्न मेसिनरी औजारको प्रयोगमा रोक लागेको छ । राष्ट्रिपति चुरे तराई मधेश संरक्षण विकास समिति काठमाडौले विगतमा मेसिनरी औजारहरुको प्रयोग गरेर नदिजन्य बस्तुहरुको उत्खनन हुदै आएको तर अब उक्त कार्यलाई रोक्का गर्ने निर्णय भए अनुसार दाङका १० वटै स्थानिय तहमा परिपत्र गरेको छ ।

Advertise with us

नदिजन्य पदार्थहरु ढुंगा, गिट्टी, बालुवा र माटो उत्खनन् गर्ने, संकलन गर्ने र उठाउने कामको स्विकृती सम्बन्धि कार्यबिधी २०७१ र प्रदेश ५ को नदिजन्य पदार्थ व्यवस्थापन कार्यबिधी २०७५ मा व्यवस्था भए बमोजिम राष्ट्रिपति चुरे तराई मधेश संरक्षण विकास समितिबाट स्विकृत लिनु पर्ने बाध्यकारी नियम बनाईएको छ ।

Buddha International Hospital

यसअघि जिल्ला अनुगमन तथा समन्वय समितिले स्काभेटर, डोजर लगाएतका मेसिनरी औजारको प्रयोग गरेर निश्चित मापदण्ड अनुसार ढुंगाजन्य बस्तुहरुको उत्खनन् र निकासीमा अनुमती दिदै आएको थियो ।

तर अहिले राष्ट्रिपति चुरे तराई मधेश संरक्षण विकास समिति काठमाडौले समिति सँगको स्वीकृती लिएर मात्रै मेसिनरी औजार प्रयोग गरेर उत्खनन् गर्न सकिने व्यबस्था भएको भन्दै दाङका सबै स्थानिय तहमा जिल्ला समन्वय समितिले अनुमती रोकिएको भन्दै पत्र पठाएको छ ।

यसले गर्दा स्थानिय सरकारका विकास निर्माणका काममा असर पर्ने देखिएको छ भने अनुमती लिनका लागि काठमाडौ जानु पर्ने भएको छ ।

अर्को तर्फ नागरिकहरुलाई भवन निर्माणमा समेत असहज हुने देखिएको छ । राष्ट्रिपति चुरे तराई मधेश संरक्षण विकास समितिको पत्र अनुसार अब बेल्चाको प्रयोग बाट मात्रै ढुंगाजन्य बस्तुहरुको संकलन गर्न पाईने छ ।।

Advertise with us