महिलाको मुद्धामा एक हुने महिला नेताको प्रतिवद्धता

घोराही, ३ बैशाख । विभिन्न क्षेत्रका क्रियाशिल महिलाहरुको सहभागिता मंगलवार घोराहीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।  नेपाल कम्युनिष्ठ पार्टीकी सचेतक एवम प्रतिनीधिसभा सदस्य शान्ता चौधरीको विशेष आयोजनामा गरिएको शुभकामना आदानप्रदान कार्यक्रमका बोल्ने महिला नेताहरुले महिलाको मुद्दामा सबै एक हुनुपर्ने बताएका थिए ।

Buddha International Hospital

Advertise with us

कार्यक्रमका बोल्ने महिला नेताहरुले जुनसुकै क्षेत्र, जुनसुकै पार्टीको भए पनि महिलाको मुद्दामा सबै एकै स्वर पारेर बोले मात्र अधिकार स्थापित गर्न सक्ने बताएका थिए । कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ठ पार्टीकी केन्द्रिय सदस्य समेत रहेकी नेता शान्ता चौधरीले महिलाहरु एकआपसमा मिलेर सहकार्यमा काम गर्नुपर्ने बताइन । नेता चौधरीले महिलाहरु भिन्न पार्टी, भिन्न संघसस्था, भिन्न परिवेश, जात, धर्मलाई छोडेर महिलाको मुद्दा र महिलाको हक अधिकारको लागि लड्नुपर्ने बताइन ।

उनले भनिन ‘तपाईहरु साथ दिनुस महिलाकोको सचेतीकरण, सीप विकास, क्षमता विकास र महिलालाई संगठित गर्नको लागि जस्तो सकै सहयोग गर्छु ।’ उनले सामाजिक क्षेत्रमा काम गर्ने महिलाहरु बीच एक आपसमा समन्वय हुनेपर्ने बताइन ।


यस्तै नेकपाकी नेता मेनका पोखरेल, नारायणी शर्मा प्रतिक्षा, हुमा डिसी, शाजिदा सिद्धिकी लगायतले महिलाहरुले सामुहिकतामा विश्वास गर्ने हुदाँ आफ्ना मुद्दाहरु पनि सामुहिक रुपमा उठाउन जरुरी रहेको बताएका थिए ।

यस्तै नेपाली काग्रेसकी नेता सावित्रा राना, मञ्जु बज्राचार्य, सुसिला पौडेल लगायतले पनि नेतृत्व तहमा महिलाको अर्थपुर्ण सहभागिता नभएको भन्दै यसलाई चिर्नको लागि महिलाहरुले एक भएर विरोधको कार्यक्रम गर्नुपर्ने बताए । उनीहरुले अझै पनि महिलाहरुलाई विश्वास गर्न नसकेको भन्दै आफुहरुले विश्वासको वातावरण तयार पार्न जरुरी रहेको बताएका थिए ।

यस्तै पत्रकार सुलोचना गौतम, बसुन्धरा गौतम, रन्जीता शर्मा लगायतले महिला नेताहरुले महिला संचारकर्मीहरुसँग समन्वयकारी भुमिका निर्वाह गर्नुपर्ने बताएका थिए । उनीहरुले पत्रकारसँग समन्वय गरे मात्रै महिला नेताका मुद्दाले संचार माध्यममा ठाउँ पाउने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेशका सचिव सन्तोष दहित, थारु कल्याणकारीणीका जिल्ला सचिव प्रकाश चौधरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण पत्रकार रीता लामाले गरेकी थिइन ।