राप्ति समितिको टिकटले हस्पिटलमा छुट पाईने


शरद रेग्मी
तुलसिपुर ,बैशाख ३ | राप्ती अंचल सार्बजनिक यातायात ब्यबसायी समितिबाट कुनै पनि रुटहरुमा यात्रा गर्दा लिएको टिकटमा उपचारमा छुटको ब्यबस्था गरिएको छ । समितिको टिकट काटी यात्रा गरेमा यात्रु बर्गलाई काठमाडौं रहेको मेट्रो हस्पिटल प्रालीमा उपचार गराउदा दस प्रतिसत छुट पाईने ब्यबस्था गरिएको हो।

Advertise with us


समितिका अध्यक्ष सुरेश हमाल र मेट्रो हस्पिटलका सञ्चालक प्रकाश् वलि बिच भएको सहमतिअनुसार हस्पिटललले दिने सेवाहरु ओटि,अप्रेसन,आईसियु,लगायतका सबै सेवाहरुमा बिरामीलाई एक पटकमा दस प्रतिसत सम्म छुट दिने सम्झौता भएको हस्पिटलका सञ्चालक वलिले जानकारी दिनुभयो ।

Buddha International Hospital


पहिलो चरणमा बिरामिहरुलाई केही राहतको महसुस गराउन राप्ती समिति र हस्पिटलका बिचमा एक बर्षका लागि सम्झौतामा पत्रमा हस्ताक्षर गरिएको समितिका प्रसासनिक सचिब नारायण न्यौपानेले वताउनुभयो ।

Advertise with us