विद्यालयमा विद्यार्थी टिकाउनै मुस्कील

मजदुरी गर्न संगै लग्छन बााबालिका

Advertise with us


दिवाकर पोख्रेल
दाङ बैशाख ३ । नयाँ शैक्षिकसत्र शुरु भइरहेको समयमा अहिले स्थानीय तहले विद्यार्थाी भर्ना अभियान नै संचालन गर्न थालेका छन् । गत बर्ष प्रधामन्त्री देखि उच्च पदस्त व्यत्तिबाट विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दा भर्ना अभियानमा केही सफलता मिलेको थियो । स्थानीय तहबाट पनि विद्यार्थीलाई विद्यालयमा टिकाइराख्नको लागि नयाँ नयाँ योजनाका साथ काम शुरु हुन थालेको छ ।

Advertise with us


सामुदायिक विद्यालय प्रति विश्वास दिलाउन दाङका स्थानिय तहले डिजिटल हाँजिर जडान, सयमय समयको अनुमगन,अभिभावक केन्द्रित शिक्षा लगायतका गतिविधी संचालन गरिएको थियो । स्थानीय तहले यसबर्ष विद्यालय बाहिर रहेका विद्यालय उमेर समुहका वालवालिकालाई विद्यालय पु¥याउन जनप्रतिनिधी घर दैलो अभियान नै संचालन गर्न थालिएको राजपुर गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक संयोजक नरन्द्र सिंह भण्डारीले जानकारी दिनुभयो ।

Buddha International Hospital

गाउँपालिकाका आधारभुत तहका विद्यार्थीलाई विद्यालयमा टिकाउन समस्या रहेको भन्दै दशै आसपासमा विद्याथीृले कक्षा छाड्ने गरेको उहाँको भनाइ छ । आमाबुवाले इटा भट्टामा काम गर्ने र घरदेखी वाहिर जाँदा संगै लगेर जाँदा संगै लैजाने हुँदा आधारभुत हमा कक्षा छाड्ने ददर बढेको उहाँको भनाइ छ ।

लमही नगरपालिकाले पनि गाउँपालिकाको बिकट क्षेत्र वडा नम्बर ९ को भ्युसनपुरमा पुगि विद्यार्थी भर्ना अभियानको आरम्भ गरेको छ । बोटे र कुमाल समुदायको वाहुल्यता रहेको उक्त बिद्यालयमा पनि कक्षा छाड्ने प्रवृती कायमै रहेको विद्यालयमा प्रधानाध्यापक ओमप्रकाश बस्नेतले जानकारी दिनुभयो । शैक्षिकसत्र २०७५ मा प्रावि भ्युसनपुरबाट एक सय १५ जना मध्ये १४ जनाले कक्षा छाडेको बताउनुभयो । विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न अनेक उपाय गरिएपनि गरिवीका कारण विद्यर्थाि कक्षा छाड्ने गरेको उहाँको भनाइछ ।

अभिभावकले पनि विपन्ताकै कारण छोराछोरीलाई विचमै विद्यालयबाट छुटाउन बाध्य भएको बताउँछन । अभिावक लमही ९ का गोवद्र्धन कुमालले आम्दानीको श्रोत नहुँदा आधारभुत तहमै अध्यन गराउन समस्या रहेको बताउनुभयो । हामी काम गर्दा घरमा काम र्लान भन्ने हुन्छ,त्यसैले विद्यालयबाट छोडाउनुपर्ने हुन्छ,उहाँले भन्नुभयो ।

दाङको लमही नगरपालिकाले कक्षा पाँच र आठमा ग्िरउको सर्वेक्षणमा पाँच प्रतिसत विद्यार्थीले कक्षा छाड्ने गरेको पाइएको शिक्षा समितिका प्राविधिक सहायक बासेदेव खनालले जानकारी दिनुभयो । विद्यालयमा विदर्थी टिकाउन मुस्कील छ, विशेषगरी गाउँघरमा निम्न आय भएका अभिभावकहरु काममा जाँदा संगै लग्ने चलनले समस्या भएको हो,उहाँले भन्नुभयो । भर्ना अभियानमा नगरपालिकाले एक सय २६ बालबालिकालाई सहयोग गर्ने योजना छ । २०७६ साललाइ शैक्षिक सुधारको बर्षको रुपमा अघि सारिएको छ ।

नगरपालिका प्रमुख कुलवहादुर केसीले विद्यालयमा वालवालिका पठाउँदा देखिने समस्या स्थानीइ जनप्रतिनिधीलाई जानकारी गराउन आग्रह गर्नुभयो । शिक्षानै सबै भन्दा ठूला कुरा हो, आफ्नो सन्तती प्रर्ति अभिभावक नै गम्भिर हुनुपर्छ,नगरपालिका शिक्षा क्षेत्रको सुधारको लागि गम्भिर छ, उहाँले भन्नुभयो ।

नगर उपप्रमुख देवका बेल्वासे, शिक्ष समितिका सदस्यहरु जागेश्वर घिमिरे,मिनराम केसी,सहित लमही नगरपालिकाको शिक्षा संग सरोकारवालाहरु लमही ९ को भ्यूसनपुर पुगेका थिए ।