शिक्षक दरबन्दी मिलान र शूल्क तोक्न समिति गठन, योग्यताका आधारमा प्रअको जिम्मेवारी

घोराही, ३ बैशाख | घोराही उपमहानगरपालिकाको नगर शिक्षा समितिले शिक्षक दरबन्दी मिलान र संस्थागत विद्यालयमा शूल्क निर्धारणका लागि उपसमिति गठन गरेको छ ।

Buddha International Hospital

Advertise with us

नगर शिक्षा समितिको सोमबार बसेको पहिलो बैठकले शिक्षक दरबन्दी मिलानको खाका तयार पार्न समिति सदस्य एवं सामाजिक विकास समितिका संयोजक भरतमणि अर्यालको संयोजकत्वमा ६ सदस्यीय उपसमिति गठन गरेको हो । समितिको सदस्यहरुमा चित्रबहादुर डाँगी, माया रावत, निशान्त आचार्य, ज्ञानेन्द्र गौतम र सदस्य सचिबमा नारायणप्रसाद पौडेल रहनुभएको छ । त्यसैगरी, संस्थागत विद्यालयहरुको बर्गिकरण सहित शूल्क निर्धारणका लागि पनि सामाजिक विकास समितिका संयोजक भरतमणि अर्यालको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन भएको छ ।

समिति सदस्यहरुमा मेनका पोख्रेल, निशान्त आचार्य, केशब थापा र सदस्य सचिबमा नारायणप्रसाद पौडेल रहनुभएको छ । उपसमितिले एक हप्तामा खाका सहितको प्रतिबेदन समितिमा बुझाउने जिम्मेवारी पाएको छ । नगर शिक्षा समिति संयोजक नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले विद्यार्थी संख्याका आधारमा र विषयगत शिक्षकको आधारमा दरबन्दी मिलान गर्ने निर्णय गरेको छ ।

शिक्षकको दरबन्दी मिलानका क्रममा योग्यता र क्षमताका आधारमा मात्रै प्रधानाध्यापकको जिम्मेवारी तोक्ने समेत बैठकले निर्णय गरेको छ । साथै जेठ २३ गते सम्म भर्ना अभियान रहेको र त्यस पछिको विद्यार्थी संख्याका आधारमा विद्यालय मर्ज गर्नुपर्ने अबस्था आए सोही ढंगबाट अघि बढ्ने निर्णय भएको छ ।

यसैबिच सरकारी विद्यालय समयमा अनेत्र समेत पढाउने शिक्षकहरु माथी निगरानी बढाउने र उनिहरुको तथ्यांक संकलन गरेर आबस्यक कार्वाही प्रकृया थाल्ने पनि निर्णय भएको छ । साथै बैशाख १५ सम्म भर्ना अभियान अन्तरगत सबै विद्यालयहरुलाई घरदैलो गर्न समेत निर्देशन दिएको छ ।