झुमरेमा सात दिने निशुल्क योग शिबिर शुरु

शरिर मात्र स्वस्थ नभई विचार पनि स्वस्थ बनाउन योग


तुलसीपुर, ३ बैशाख । तुलसीपुर उपमहानगरपालिका—७ झुमरेमा मंगलबारदेखि सात दिने निशुल्क पतन्जली योग शिबिर शुरु भएको छ । आर्दशनगर टोल विकास संस्थाका अध्यक्ष लालबहादुर थापाको अध्यक्षता तथा पतन्जली योग निवारण समिति प्रदेश नम्बर पाँचका सल्लाहकार अरुणकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा योग शिबिरको उद्घाटन गरिएको हो ।

Buddha International Hospital
Advertise with us

शिबिरको उद्घाटन गर्दै प्रमुख अतिथि श्रेष्ठले योग व्यक्ति स्वस्थ भएमात्रै समाज सकारात्मक दिशामा बढ्ने बताउनु्भयो । योगाबाट करिब ९९ प्रतिशत रोगहरु आफै निको हुने भन्दै उहाँले मन,वचन, तनबाट योगा गर्न सहभागीलाई आग्रह गनुभयो ।

आदर्शनगर टोल विकास संस्थाका सचिव भोजराज न्यौपानको स्वागत मन्तव्यबाट शुरु भएको शिबिर उद्घाटन कार्यक्रममा पतन्जली योग निवारण समिति प्रदेश नम्बर पाँचका सदस्य लक्ष्मी वली, पतन्जली योग समिती दाङका उपाध्यक्ष बिनोद चौधरी र शिबकुमार आचार्य, समाजसेवी भरत भण्डारी, अधिवक्ता उत्तम भण्डारी, रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेल लगायतले शरिर स्वस्थ मात्र नभई विचार स्वस्थ बनाउन योग साधना आवश्यक रहेको बताउनुभयो ।

आर्दशनगर टोल विकास संस्थाको आयोजनामा पतन्जली योग समिति दाङले सात दिने निशुल्क योग शिबिर संचालन गरेको हो । हाम्रो पहुँच विद्यालयको प्रांगनमा शुरु भएको शिबिरमा करिब ५० जनाको सहभागीता रहेको छ । कार्यक्रमको सहजीकरण योग साधिका रेखा शर्माले गर्नुभएको थियो ।