नियम विपरित सवारी चलाउने संख्यामा कमि आएन

कारबाहीबाट ४६ लाख संकलन


तुलसीपुर, २ बैशाख/ तुलसीपुर क्षेत्रमा ट्राफिक नियम विपरीत सवारी साधन चलाउनेको संख्या बढ्दो छ । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले चालुआर्थिक बर्षमा ट्राफिक नियम बिपरित सवारीका साधन चलाउने चालकलाई कार्वाही गर्दा ४६ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।

Buddha International Hospital
Advertise with us

कार्यालयका प्रमुख चन्द्र केसीका अनुसार चालुआर्थिक बर्षको ९ महिनामा ४६ लाख २२ हजार ५ सय रुपैयाँराजश्व संकलन भएको छ । ९ महिनामा७ हजार ७ सय चालकहरु कार्वाहीमा परेका छन् ।

साउन महिनमा ७सय ५० सवारी, भदौमा ७सय, असोजमा ८ सय ५०, कार्तिकमा ९ सय ५०, मंसीरमा ७सय ५०, पुसमा ८ सय, माघमा ८ सय, फागुनमा ९ सय ५० र चैत महिनामा १ हजार १ सय ५० सवारीका चालक कार्वाहीमा परेका छन् ।

सवारी चलाउन आबस्यक पर्ने कागजपत्र नभएका, क्षमता भन्दा धेरै यात्रु र समान बोक्ने, तिब्र गतिमा कुदाउने र मादक पदार्थ सेवन गरेर सवारीका साधन चलाउने चालकहरु कार्वाहीमा पर्ने गरेको प्रमुख केसीको भनाई छ ।