चलचित्र दाल,भात,तरकारीका कलाकार दाङमा

Advertise with us

डि.आर.एन./ तुलसीपुर, २ बैशाख । चलचित्र दाल,भात,तरकारीका कलाकारहरु दाङमा आएका छन् । चलचित्रको प्रचार—प्रसारका लागि चलचित्रका कलाकारहरु हरिवंश आचार्य,किरण केसी,नायक पुष्प खड्का,नायिका आँचल शर्मा,गायिका जुनु रिजाल काफ्ले,कलाकार शिवहरी पौडेल लगायतको टिम दाङ आएको हो ।

Buddha International Hospital

Advertise with us

वैशाख २० गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रका कलाकारसंग सोमवार चलचित्र पत्रकार संघ दाङ शाखाले स्वागत सम्मान गरेको छ । घोराहीमा भएको कार्यक्रममा वरिष्ठ कलकार एवं चलचित्रका लेखक तथा निर्माता हरिवंश आचार्यले नेपाली चलचित्रको इतिहास बताउदै हरेक नेपालीको कथालाई समेटेर आफुहरुले चलचित्र राम्रो बनाएको बताउदै सबै दर्शकले एकपटक हेरिदिन आग्रह गर्नुभयो ।

चलचित्र पत्रकार संघ दाङका अध्यक्ष धु्रवराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा चलचित्रका निर्माता किरण केसीले चलचित्रमा दुई करोड बढि बजेट खर्च भईसकेको बताउदै दाङमा आफु शत्रु गतेको रिलिजमै आउन मन भएको बताउनुभयो ।

कार्यक्रममा चलचित्रका कलाकारहरु पुष्प खड्का,आँचलशर्मा,जुनु रिजाल,शिवहरी पौडेल,पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन,निर्माता मुनाल घिमिरे लगायतले बोल्नुभएको थियो । पत्रकार आर.के शितलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव सन्तोष केसीले गर्नुभएको थियो ।