ट्रमा सेन्टरका लागि दाङमा जग्गा छनौट

 

Buddha International Hospital

दाङ, बैशाख २ | दाङको लमहीमा स्थापना हुने ट्रमा सेन्टरका लागि जग्गा छनौट गरिएको छ । प्रदेश सांसद सहित त्यसक्षेत्रको सर्वपक्षिय छलफलले लमहीमा स्थापना गर्ने भनिएको ट्रमा सेन्टरका लागि जग्गा छनौट गरेको हो ।

Advertise with us

प्रदेश सरकारबाट ट्रमा सेन्टर लमहीको लागि बजेट तथा कार्यक्रम तय भएको छ । त्यसलाई मध्यनजर गर्दै लमही नगरपालिका वडा नं. ४ स्थित कृषि उपज बजार केन्द्रमा हाल उद्यमशील कृषि बहुउद्देश्यीय सहकारीले प्रयोग गर्दै आएको नगरपालिकाको जग्गामा ट्रमा सेन्टर स्थापना गर्ने सर्वदलीय र सर्वपक्षीय निर्णय सर्वसम्मतीले गरिएको छ ।

कृषि उपज बजार केन्द्रमा रहेको उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्थालाई अन्यत्र स्थानान्तरण गर्न लमही नगरपालिकाले आवश्यक सहयोग र सहजिकरण गर्ने निर्णय भएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको लमहीमा गौरव ट्रमा सेन्टर स्थापना हुने प्रक्रियामा रहेको छ ।

प्रदेश सांसद ईन्द्रजित थारुले ट्रमा सेन्टर स्थापनाको लागि प्रदेश सरकारबाट दुई करोड बजेट विनियोजन भएको बताउनुभयो । थारुले स्थानिय सरकारले जग्गा उपलब्ध गराए अनुसार लमहीमा ट्रमा सेन्टर स्थापना गर्ने सरकारले निर्णय गरेको बताउनुभयो ।

यो आर्थिक वर्ष डि.पि.आर तयारी गरि अर्को आर्थिक वर्ष लमहीमा ट्रमा सेन्टरको स्थापना गर्ने थारुले बताउनुभयो । प्रदेश सभासद रेवतिरमण शर्माले अन्य परियोजनाको लागि बनेको भवनले ट्रमा सेन्टर सञ्चालन नहुने भन्दै, ट्रमा सेन्टर स्थापनाको लागि सबैको समन्वयबाट अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।

प्रदेश नम्बर ५ सांसद दामा शर्माले ट्रमा सेन्टरको स्थापनाको कुरालाई छिटो भन्दा छिटो अगाडि बढाउने बताउनुभयो । शर्माले सबैलाई पायक पर्ने भएको हुनाले उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्थामा रहेको जग्गामा नै ट्रमा सेन्टरको स्थापना गर्नुपर्ने उहाँको भनाई थियो ।

बैठकले गरेको निर्णयलाई टेकेर विधि र प्रकृयाबाट उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्थामा रहेको जग्गाको नापजोख गरि ट्रमा सेन्टर स्थापनाको काम अगाडि बढाउने नगर प्रमुख केसीले बताउनुभयो । यस्तै नगर प्रमुख केसीले सहकारीलाई हेर्ने दृष्टिको सकारात्मक रहेको भन्दै सहकारीलाई जग्गा उपलब्ध गराउने सम्बन्धमा लमही नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।