मिस एण्ड मिस्टर प्रतियोगिताका सहभागिहरु बृद्धाश्रममा, आश्रम पुग्दा माननीय शान्ता चौधरी दङ्ग

दिपक जिएम

Buddha International Hospital

दाङ, मंसिर १३ । प्रदेश ५ स्तरिय मिस एण्ड मिस्टर प्रतियोगीताको फाइनल यही मंसिर १५ गते शनिवार हुँदैछ । प्रतियोगिताको फाइनलमा १५ बढि सहभागिहरु छनौंट भएका छन् । यस अबधिमा सहभागिहरुले विभिन्न किसिमका प्रशिक्षणहरु समेत लिएका छन् ।

Advertise with us

आयोजक लुस्ड बुटिक, मोडलिङ नेपाल र ले सहभागिहरुलाई सामाजिक कार्य गर्नका लागि समेत यसबीचमा प्रोत्साहन दिने काम गरेका छन् । यहीक्रममा बिहीबार सहभागि, आयोजक अनि अतिथिहरुले घोराही टेरौटेस्थित बृद्धाश्रमको सरसफाई गर्नुका साथै सहयोग बितरण गरेका छन् । आयोजकको निम्तोलाई स्विकार गर्दै बृद्धाश्रममा पहिलो पटक पाइला राख्नु भएकी प्रमुख अतिथि नेकपा संसदीय दलका सचेतक शान्ता चौधरीले मन फुकाएर त्यस ठाउँको प्रशंशा गर्नुभयो ।

आयोजकलाई धन्यवाद दिँदै बृद्धाश्रमका समस्याहरुलाई निराकरण गर्नका लागि आफ्नो तर्फबाट देखिने गरेर सहयोग जुटाउने प्रतिबद्धता गर्दै माननीय चौधरीले प्रतियोगितामा सहभागिहरुलाई सामाजिक सेवा गरिरहनका लागि प्रेरणा दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, मोडलिङ नेपालका अध्यक्ष प्रवेश गिरी, लुसिड बुटिककी नैना गिरी र बेलसकी विद्या खड्का, अभिभावकहरु रोजीना सुबेदी, लक्की बर्षा, फेसन डिजाइनर अनुष्का डिसी, मोडल पुस्कर गिरीलगायतकाले फलफूल, बिस्कुट, जुसहरु बितरण गर्नुभएको थियो ।

यसैगरी सहभागिहरु आयुष जिसी, अनिष श्रेष्ठ, अञ्जली बुढाथोकी, रोनिस्मा सुवेदी, एलिश नेपाल, आयुषा चौधरी, दिलिप अञ्जान मगर, इरम बुढाथोकी, सीमा केसी, स्रिस गिरी, शुशांक केसी, रबीना बस्नेत, मान्यता रेग्मी, शशी रावत, सविन पन्तलगायतकाले आश्रममा सरसफाई गर्नुका साथै नाँचगान समेत गरेर बृद्धबृद्धाहरुलाई मनोरञ्जन गराएका थिए । आयोजक संस्थाले समापन कार्यक्रमपछि नगद समेत सहयोग गर्ने बताएको छ । कार्यक्रमको भव्य तयारी भइरहेको र शनिवार साँझ ५ बजेदेखि घोराहीस्थित म्यांगो गार्डेनमा फाइनल कार्यक्रममा हुनेछ । जसको विशेष अतिथि कलाकारकारुपमा चर्चित गायीका आस्था राउत आउनु हुनेछ ।

युवा पुस्तामा अत्यन्त लोकप्रिय मानिने आस्थाले चर्चित गीतहरु गाउनु भएको छ । यसैगरी नायीका एवं मोडल बेबो आचार्यको पनि कार्यक्रममा विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ । यसैगरी कार्यक्रममा केन्द्रीय तहमा ख्याती कमाएका व्याण्ड, मोडलहरु समेत आउने कार्यक्रम रहेको छ । शनिवार अपरान्ह पाँच बजेबाट घोराहीस्थित म्याङ्गो गार्डेनमा आयोजना हुन लागि रहेको फाइनल कार्यक्रममा पाँच नम्वर प्रदेशका मोडलहरुले आ–आफ्ना प्रस्तुतीहरु देखाउनेछन् । त्यही दिन राती प्रदेश ५ मिस एण्ड मिस्टरको घोषणा गरिनेछ । अन्य विभिन्न विधामा समेत सहभागिहरुले टाइटल जित्नेछन् ।

कार्यक्रमलाई भव्यरुपमा आयोजना गर्नका लागि विभिन्न तयारीहरु अगाडी बढाइएको छ । कार्यक्रमका लागि टाइटल स्पोन्सर जावलाखेल ग्रुप अप इन्डष्ट्रिज वास्टायनर वियरले मुख्य प्रायोजन र स्थानीयस्तरमा राप्ती ग्याँस, समृद्धि माइनिङ एण्ड कन्ष्ट्रक्सन प्रालि, तपस्या ट्रेडर्स, श्रीराम डिजल्स प्रालि, नमूना स्याटेलाईट, फेसन ग्यालरी, रोजिना कलेक्सन, डाबर, क्रिजल आयल सप्लायर्स लगायतका संस्थाहरुले विशेष सहयोग गरेका छन् । पाँच नम्वर प्रदेशस्तरीय यस प्रकारको कार्यक्रम दाङमा पहिलो पटक हुन लागि रहेको छ ।

कार्यक्रमको मिडिया पार्टनरका रुपमा गणतन्त्र राष्ट्रिय दैनिक, दाङ खवर, जागरण, चेतना, इन्द्रेणी, सैघाली खबर, गणतन्त्र अनलाईनले काम गरिरहेका छन् ।

Advertise with us