दाङका तीन जना राष्ट्रपतिबाट बिभूषित


तुलसीपुर,२ बैशाख ।
सरकारले दाङका विभिन्न क्षेत्रका तीन व्यक्तिहरुलाई विभूषित गरेको छ ।राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्य गरेबापत सरकारद्वारा गत वर्ष संविधान दिवसका दिन घोषणा गरिएका दाङका तीन जनालाई  राष्ट्रपति विद्यादेवी भण्डारीले बिभुषित गर्नुभएको हो ।

Advertise with us

समाज सेवा रत्नबाट नागरिक समाज दाङका निबर्तमान संयोजक टीकाराम रेग्मी, प्रबल जनसेवा श्रीबाट लोकसंस्कृत बिद् डा. गोबिन्द आचार्य र जनसेवा श्रीबाट स्टाप नर्स राधा पौडेल बिभुषित हुनुभएको छ । काठमाडौमा  आयोजित एक भव्य समारोहका बिच राष्ट्रपति भण्डारीले दाङ तीन जना सहित देशभरका ४ सय २१ जनालाई विभिन्न पदकबाट विभूषित गर्नु भएको हो ।

Buddha International Hospital

विभिन्न क्षेत्रका ९६ जनालाई सुप्रबल जनसेवाश्री (तृतीय श्रेणी), विभिन्न क्षेत्रका १६२ लाई प्रबल जनसेवाश्री (चतुर्थ श्रेणी) र ७४ जनालाई जनसेवाश्री (पञ्चम श्रेणी) मानपदवीद्वारा विभूषित गरिएको छ ।।