बजार खोज्दै भैंसीपालक किसान

Advertise with us


दिवाकर पोख्रेल
देउखुरी, वैशाख १  । व्यवसायीक रुपमा भैंसीपालन गरी दुध विक्रि वितरण गर्ने देउखुरीका अहिर समुदायले हिउँदेवाली भित्रेसंगै गोठलाई राप्तीवारी सारेका छन् । विशेषगरी दाङको राजपुर, गढवा गाउँपालिकामा बसोबास गर्ने मधेशी समुदाय यादव समुदायले व्यवसायीक रुपमा भैसीपालन गर्ने गर्दछन् ।

Advertise with us

Buddha International Hospital

पुर्खौली पेसाको रुपमा लिइने भैसीपालन व्यवसायलाई अहिर समुदायले विस्तारै व्यवसायीकरण गर्न थालेका छन् । राप्ती पारी राजपुर, गढवा गाउँपालिकाका विभिन्न गाउँवाट दुग्धजन्य सामाग्री विक्री वितरणको लागि राप्ती वारीका बजार लमही, भालुवाङ, घोराही, तुलसीपुर जानुपर्ने भएकाले गोठलाई बजार केन्द्रित गरी भैंसीपालन व्यवसाय संचालन गर्न वर्षे खेति शुरु नहुन्जलेल सम्मको लागि राप्तीवारी नै गोठ बसालेर दुध विक्रि वितरण गर्ने गरेको राजपुर गाउँपालिकाका नौसहराका रामबहादुर यादवले जानकारी दिनुभयो ।

उहाँले चैतको शुरुवात देखि १३ वटा दुध दिने भैसी सहित लमही नगरपालिका छ मा गोठ बसाल्दै आउनु भएको छ । बजार नजिकका खेतियोग्य जमिनमा जग्गाधनि संग पराल भैसीको लागि प्रयोग गर्ने र मल खेतमै छोड्ने सम्झौता अनुसार वर्षेनी राप्ती वारी वाट लमही नगरपालिका, राप्ती गाउँपालिकाका विभीन्न गाउँमा अस्थायी भैंसी गोठ बनाएर बस्ने गर्ने गर्दछन् । राजपुर गाउँपालिका छ का रामगोपाल यादवले नौ वटा दुध दिने भैसी पाल्नु भएको छ ।

एउटा भैंसीले औषतमा चार लिटर सम्म दुध दिने गरेको यादवले बताउनु भयो । प्रति लिटर ६० रुपैयाँमा बिक्री हुने दुधवाट यादवले दैनिक दुई हजार रुपैयाँ आम्दानी गर्नुहुन्छ । राजपुर वाट लमही बजार आउन झन्डै तीन घण्टा लाग्छ । दुध डुलाएर वेच्दा दिनभरी नै समय लाग्ने भएकाले आफूहरुले गोठ बजारको नजिक सार्ने गरेको रामगोपालले जानकारी बताउनुभयो ।


रामगोपाल जस्तै राजपुर गाउँपालिकाका धेरै जसो यादव समुदाय(अहिर)का भैसीपालक कृषकहरु अहिले राप्ती वारी नै भेटिन्छन् । विहान बजारमा ल्याएर दुध बेच्ने र दिनभरी ग्वाला जान पनि भ्याइने हुँदा गोठ सार्ने गरेको उनिहरुको भनाई छ । राजपुर, गढवा वाट दुध लमही ल्याउँदा गाडी भाडा, ढुङगा भाडा खर्च हुने भएपनि बजारको नजिकै भएपछि पैदल हिंडेर १०÷१५ मिनेटमा बजार जान सकिने उनिहरुको भनाइ छ । देउखुरीका राजपुर गाउँपालिका धेरै दुध उत्पादन हुने क्षेत्र हो पछिल्लो समय गाउँघरमा डेरी उद्योग, दुग्ध संकलन केन्द्र स्थापना भएपछि केहि राहत मिलेको किसानहरुको भनाई छ ।

दुग्ध जन्य पदार्थ लामो समय संकलन गरेर राख्न पनि नमिल्ने हुँदा पनि समयमै विक्रि वितरण गर्न नसके नोक्सान हुने उनिहरु बताउँछन । भौगोलिक विकटता कारण उत्पादित दुधलाई समयमै बजार पु¥याउन नसक्ने हुँदा वर्षातको समयमा सस्तो मुल्यमा गाउँघरकै दुग्ध संकलन केन्द्रमा दिने गरेका छन् ।