नगर प्रमुख चौधरीले दिए शुभकामना

घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले नगरवासीमा नयाँ बर्षको शुभकामन दिएका छन । उनले लेखका छन ‘सर्वप्रथम त नयाँ बर्ष २०७६ सालको पावन अबसरमा सम्पूर्ण नगरबासीहरुलाई शुभकामना व्यक्त गर्दछु । समय, परिस्थती र कालखण्डको परिर्बतन सँगै आउने नयाँ बर्षहरुले देशलाई शान्ति र संबृद्धीको दिशा तर्फ अघि बढाएको छ ।’
उनले नगरवासीको नागरिकहरुको न्याय, देशमा शान्ति, संबृद्धी सँगै शुसासनका लागि हिजो भएका संघर्षमय दिनहरुले आजका नयाँ बर्षहरुलाई थप उर्जावान, हौसलापूर्ण बनाएको बताएका छन । देशमा परिर्बतन ल्याएर जनताको सरकार, जनताकै हातमा रहने व्यवस्था स्थिापित गर्न आफुहरु सफल भएको उनको ठहर छ । ‘कैयौ ती नयाँ बर्षहरुले आजका दिनहरु पर्खिरहेको अहिले महशुस भएको छ । आज देश संघिय लोकतान्त्रिक गणतन्त्रको मार्गबाट अघि बढी रहेको सन्दर्भमा अबको आबस्यकता भनेकै संबृद्धी र विकास हो ।’

Advertise with us
उनले अगाडी भनेका छन ‘नयाँ बर्षहरुमा बन्ने सोच र तय हुने योजनाले पक्कै पनि सबैलाई सत्कर्म र विजयीको दिशामा पक्कै पनि अग्रसर बनाउने छ । घोराही उपमहानगरको चौतर्फि विकासका लागि नागरीकहरुको प्रत्येक्ष निगरानी अहिलेको अपरिहार्यता भएको छ ।’
नगरको विकाकोक लागि नागरिकहरुको साथ र सहयोग बिना नगरको विकास अधुरो हुने उनको विचार छ । सरकार भनेकै जनताको हो र हामी नगरबासीहरुलाई साथमा लिएर आबश्यकतामा आधारित योजनालाई क्रमबद्ध ढंगबाट अघि बढाउने सोचमा जुटेको उनले बताएका छन । नयाँ बर्षको पूर्ब सन्ध्यामा नगरको बस्तुस्थितीलाई तयारी पारेर सार्वजनिक गरेको, अब सोही बस्तुस्थितीलाई आधार बनाई दिर्घकालिन योजनाका साथ योजनाबद्ध ढंगको विकासको नक्सा तयार हुदैगरेको उनको भनाई छ ।
अब नयाँ बर्ष सँगै नयाँ कामको सुरुवातमा गनपर्ने, नगरबासीहरुलाई प्रत्यक्ष अनुभुत हुने खालका विकासमा केन्द्रित हुने, दैनिक सेवा प्रबाहमा चुस्तता र छिटो छरितोसँगै विकासलाई तिब्र गतिमा अघि बढाउने जस्तका काममा फेरी पनि नगरबासीहरुको साथ सहयोग अपरिहार्य हुने उनको अपेक्षा छ ।
नयाँ बर्षको आगमनसँगै सकारात्मक सोचको विकासले हामी सबै अघि बढौ र सोचलाई व्यवहारमा लागु गरी नगरको चौतर्फि विकास गरौ । यही अपेक्षा सँगै नयाँ बर्षको सबै नेपाली बुवाआमा, दाजुभाई, दिदीबहिनीहरुको सुख, शान्ति, संबृद्धी र सुस्वास्थ्यको हार्दिक मंगलमय सुभकामना व्यक्त गर्दछु ।

Buddha International Hospital

नरुलाल चौधरी
नगरप्रमुख घोराही उपमहानगरपालिकाको कार्यालय दाङ