नगरप्रमुख पाण्डेले दिए नयाँ वर्षको शुभकामना

Advertise with us

 

Buddha International Hospital

तुलसीपुर,वैशाख १ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डले नयाँ वर्ष २०७६ को शुभकामना दिएका छन् । शुभकामना सन्देश दिदै नगरप्रमुख पाण्डेले जनतामा सकारात्मक सोच र विचारको विकास हुन सकोस् भन्ने शुभेच्छा समेत प्रकट गरेका छन् । २०७५ मा तुलसीपुरको विकासको आधार तय हुनुका साथै विभिन्न कानुनहरु निर्माण गर्नमा सफल भएको वताउँदै उनले नयाँ वर्षमा विकासका कामहरु निरन्तर अगाडि वढाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

Advertise with us
तुलसीपुरलाई स्मार्ट सिटीका रुपमा विकास गर्ने क्रममा केही कामहरु अगाडि वढेको वताउँदै उनले नयाँ वर्षमा त्यसलाई थप तिव्रताका साथमा अगाडि वढाउने कुरा शुभकामना सन्देशमा उल्लेख गरेका छन् । “तुलसीपुरलाई सबैतिरबाट फराकिलो सडक सञ्जालले जोड्ने काम गत वर्षमा अगाडि वढेकोमा यो वर्ष पुरा हुनेछ “ नगरप्रमुख पाण्डेले उल्लेख गरेका छन् ।
तुलसीपुरको सामाजिक,आर्थिक,शैक्षिक र साँस्कृतिक उन्नयनका लागि उपमहानगरपालिकाले गुरुयोजना निर्माण गरेर अगािड वढेको वताउँदै जनताको साथले विकासलाई गत गतिशिल वनाउन सकिने विश्वास समेत व्यक्त गरेका छन् । तुलसीपुरका जनताको मुहारमा खुसी र समृद्धि ल्याउनका लािग उपमहानगरपालिकाले नयाँ वर्षमा थप नयाँ ढँगले काम गर्ने कुरा पनि उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।