दाङमा आगलागीको सधै जोखिम, प्रविधि र कार्यक्रम न्युन


दाङ, ३० चैत |बाह्रै महिना आगलागीको जोखिममा रहेको दाङका चार वटा सामुदायीक बनलाई केहि दिन अगाडि डिभिजन बन कार्यालयले ८ लाख बराबरको अग्नी रोधक सामग्री वितरण ग¥यो । आगोले बर्षेनी बन सिध्याउने र बस्तीमा बसेर धन जनको क्षति हुन थालेपछि घोराही उपमहानगरपालिकाको सुनपुर, शान्तिनगर गाउँपालिकाका बाघमारे, सरस्वती र सुन्दर सामुदायिक वन समूहलाई अग्निरोधक सामाग्री वितरण गरिएको हो ।

Buddha International Hospital
Advertise with us

गर्मी र हावाहुरी चल्ने मौसममा दाङ आगोको जोखिम क्षेत्र भएकाले सुरक्षा र पुर्वतयारीका लागि वनमा डढेलो लाग्यो भने निभाउन प्रयोग गरिने स्वाटर, शोभेल, जम्प सुट, पानी टैकि सहितको स्प्रे, हेल्मेट, टर्च, बुट १५ प्रकारका सामान वितरण गरेको डिभिजन वन कार्यालय दाङका डिभिजन वन अधिकृत शिव सापकोटाले बताउनुभयो ।

दाङमा गर्मी मौसममा हुने डढेलो नियन्त्रणका लागि रु. तीन लाख बजेट प्राप्त भएको छ । डिभिजन वन कार्यालयका अनुसार डढेलो नियन्त्रण कार्यक्रम गर्न तीन लाख रुपैँया आएको हो । चैत महिनादेखि जेठ अन्तिम सातासम्म जिल्लामा डढेलोका घटना भइरहने भएका कारण डढेलो नियन्त्रणका लागि बजेट खर्च हुने कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले बताउनसभयो ।

गर्मी मौसमको तीन महिना सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको कार्यालयले डढेलो नियन्त्रणका लागि यो वर्षपनि प्रचारप्रसार, प्रज्वलनशील वस् तु नियन्त्रण, अग्निरेखा निर्माण तथा मर्मत गर्ने कार्यक्रम गर्दैछ । जिल्लामा हुने आगलागीका घटनाहरुको आधारमा यो बजेट न्युन रहेको उहाँले बताउनुभयो ।

चालु आर्थिक वर्षको चैत महिनासम्म दाङका ८९ वटा घरहरु आगोले खाएको छ । आगोले घरबास नै खरानी बनाएपछि परिवारको उठिबास भएको छ । उनीहरुले फेरी नयाँ जीवनयापनको संघर्षमा छन् । जिल्ला बन कार्यालयको तथ्यांकमा १५ करोड १३ लाख १२ हजार रुपैयाँ बराबरको क्षति भएको छ । सम्पतीको नोक्सान मात्र हैन यो वर्षको आगलागीका घटनाहरुमा परेर ६ जनाले अकालमै ज्यान गुमाउन पुगे ।

सूचना अधिकारी खिमबहादुर केसीका अनुसार बाहै्र महिना आगलागीको जोखिम रहेको बताउनुभयो । विशेष गरेर गर्मी र हावाहुरी चल्ने फागुन, चैत, बैशाख र जेठ महिनामा दाङ आगलागीको उच्च जोखिम क्षेत्रको रुपमा रहेको केसीले बताउनुभयो । जंगल छेउँ रहेको बस्तीहरु, खरको छानो भएका गाउँहरु बढि जोखिममा रहेका छन् ।

घरपरिवारको लापरबाही, बालबालिकाहरुले आगो खेलाउने, हावाहुरी चलेको बेलामा आगोजन्य क्रियाकलाप गर्नु, विद्युतमा देखिएको समस्या र हेलचक्र्याईका कारण पनि आगलागीका घटनाहरु हुने गरेको डिभिजन वन अधिकृत शिव सापकोटाले बताउनुभयो । ‘अन्य मौसममा भन्दा पनि गर्मी र हावाहुरी चल्ने समयमा बढी आगलागीका घटनाहरु भएको छ’ सापकोटाले भन्नुभयो, ‘सचेतना अपनाउन सक्ने हो भने आगलागीका घटनाहरुबाट बच्न र बचाउन सकिन्छ ।’

आगलागीको सधै जोखिममा रहने गरेको दाङमा आगो नियन्त्रणका लागि प्रविधिको प्रयोग हुने गरेको पाईएको छ । अग्नि नियन्त्रणका लागि बजार क्षेत्रमा रहेका दमकल कहिलेकाँही बाहेक प्रयोगमा आउने गरेका छैनन् । अधिकांश आगलागी पहाडी बस्ती र दरदराजका क्षेत्रमा हुने गरेका छन् । तर त्यहाँसम्म दमकल पुग्न समय लाग्ने भएका कारण बजार क्षेत्रमा रहेका दमकलको प्रयोग हुन सकेको छैन । अहिले घोराही उपमहानगरमा दुई, तुलसीपुरमा एक र लमही नगरमा एउटा दमकल छन् ।

Advertise with us