बालबालिकाहरुले भने–समाजमा हुने होहल्लाले हाम्रो पढाइ बिग्रीयोे

Advertise with us

 

Buddha International Hospital

दाङ, चैत ३० । दाङको तुलसीपुर उपमहानगरपालिका वडानम्वर ७ की कुसुम पराजुलीले गाउँमा मदिरा खाएका मान्छेले हो हल्ला गर्दा आफ्नो पढाइमा वाधा पुगेको बताइन् । “साँझको समयमा पढ्न बस्यो मदिरा खाएका मान्छेले हल्ला गर्दा पढ्नै सकिदैन” उनले भनिन् ।

Advertise with us

उनले प्रहरीलाई फोन गर्दा समेत वास्ता नगरेपछि आपूmहरुको पढ्ने वातावरण खलबलिएको सुनाइन् । त्यस्तै भोगाइ छ–इशा वलीको पनि । इशाले पनि बालबालिकाहरुलाई अतिरिक्त काममा लगाइदा पढाएमा अवरोध पुग्ने गरेको बताइन् । “अहिले पनि कैयांै बालबालिका अरुको काम गरिरहेका छन्, यसमा नगरले ध्यान दिनुपर्ने देखिन्छ”, उनको भनाइ थियो ।

तुलसीपुर उपमहानगरपालिका ७ का नवराज घिमिरेले बालबालिकाहरु दुव्र्यसनीको सिकार बनेको बनाउँदै उनीहरुलाई सृजनशील काममा लगाउनका लागि सबैले ध्यान दिनुपर्ने उनको भनाई थियो । तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले आयोजना गरेको बालमैत्री अवधारणा सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै बालबालिकाहरुले आफ्ना गुनासो राखेका थिए । उनीहरुले बाल क्लवको गठन गरेर बालबालिकाहरुलाई सृजनशील काममा लगाउन समेत आग्रह गरे ।

बालबालिकाका समस्या सम्वोधन गर्दै नगरप्रमुख घनश्याम पाण्डेले बाल सुरक्षाका लागि आफू प्रतिवद्ध रहेको बताए । “कसैले पनि बालबालिकाहरुलाई कुनै कुरामा अवरोध गर्न खोज्छ भने उपमहानगरपालिकाले कारबाहीका लागि पहल गर्नेछ”, उनले भने । बालबालिकाहरु विद्यालय जानबाट वञ्चित हुने वातावरणको अन्त्य गरेको बताउँदै केही बालबालिकाहरुले विद्यालय छाड्ने गरेकोमा बालबालिकाहरु नै अभियान बनाएर लाग्नुपर्ने कुरामा जोड दिए । उमेरको हिसाबले सानो हुँदैमा कसैले पनि हेप्न नहुने बताउँदै बालबालिकाहरुले आपूmलाई कमजोर ठान्न नहुने उनको भनाइ थियो ।

उपप्रमुख माया आचार्यले बालविवाहको समस्या विकराल बन्दै गएको भन्दै न्यूनीकरणका लागि वालवालिका नै अग्रसर हुनुपर्ने कुरामा जोड दिइन् ।उपमहानगरपालिकाका १९ वटै वडाका बाल सञ्जालका बालबालिकाका लागि आयोजना गरिएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत आनन्द सारु, वडानम्वर ६ का वडाध्यक्ष नवराज लामिछाने, महिला शाखा प्रमुख गोराकुमारी बस्नेतलगायतले विभिन्न विषयमा अभिमुखीकरण गरेको कार्यक्रमको सहजीकरण माया श्रेष्ठले गरेकी थिइन् ।