क्लवद्धारा अम्बिकेश्वरी मन्दीरमा निशुल्क खानेपानी बितरण


घोराही, २९ चैत | डिभाईन युथ क्लब नेपाल घोराहीले घोराही उपमहानगरपालिका—१८ मा रहेको अम्बिकेश्वरी मन्दीरमा आज निशुल्क पिउने पानी वितरण गरेको छ । राम नवमी तथा चैते दशैको अवसरमा क्लबले मन्दीर दर्शनमा आएका भक्तालुलाई करिब ८० लिटर पानी वितरण गरेको छ ।

Buddha International Hospital
Advertise with us

क्लबका अध्यक्ष सविन पन्थीको संयोजकत्वमा खानेपानी निशुल्क वितरण गरिएको हो । क्लबले हरेक वर्ष चैतको दशै र बडादशैमा खानेपानी बितरण तथा मन्दीर परिसर सफाई गर्दै आएको छ । क्लबले भोली अम्बिकेश्वरी मन्दीर परिसर सरसफाई गर्न लागको अध्यक्ष पन्थीले बताउनुभयो ।

राधामाधव समिति नेपाल घोराही शाखासंगको समन्वयमा निशुल्क पानी वितरण गरिएको हो । क्लबले विभिन्न विपत्तमा परेका नागरिकलाई पनि सहयोग गर्दै आएको अध्यक्ष पन्थीले जानकारी दिनुभयो ।

Advertise with us