भ्रमणपछि भल्वेट पेन्सील व्यवसायी बने बिमल

उत्पादन भन्दा माग धेरै


तुलसीपुर, २९ चैत / तपाई आजसम्म कति ठाँउमा पुुग्नुुभयो ? पक्कै पनि तपाँइले आफैलाई नढाँटेर भन्दा पनि धेरै ठाँउमा पुुग्नुुभयो । भ्रमण होस या अन्य कामको शिलशिलामा धेरै ठाँउमा तपाँई जानुुभएको छ तर ति ठाँउमा देखेका र भोगेका कुुरालाई व्यवहारमा कार्यान्वयन गर्न सक्नुुभयो कि भएन भन्ने प्रश्न छ ?

Buddha International Hospital
Advertise with us

घरभन्दा बाहिर निस्केपछि पक्कै केहि भएपनि नयाँ चिज केहि न केहि देखिन्छ तर देखेर आफ्नै ठाँउमा आएर व्यवहारमा कार्यान्वयन गर्ने केहि बाहेक अधिकांशले व्यवहारमा कार्यान्वयन ल्याउनुु भएको छैन् । भ्रमणको क्रममा देखेका कुुरालाई व्यवहारमा कार्यान्वयन गरेर केहि भएपनि आर्थिक समृद्धीमा महत्वपूर्ण भुुमिका खेलेका युुवाको नाम हो बिमल भट्टराई ।

आज भन्दा करिब २ वर्ष अघि मात्रै भारत भ्रमणमा गएका थिए बिमल । धेरै साथीभाई संग १८/१९ दिनको भ्रमणका लागि निस्केका उनी भारतमा रहेका विभिन्न औद्योगिक भ्रमणमा थिए । भ्रमणलाई केहि उपलब्धीमुुलक बनाउने सोचका साथ घरबाट निस्किएका बिमललाई आखिर भारत भ्रमण उपब्लधीमुुलक बन्यो पनि ।

उनि भारतमा औद्योगिक भ्रमणपछि नेपालमा आएर उनले आफ्नै घरमा भल्वेट पेन्सील उद्योग स्थापना गर्न सफल भएका छन् । उमरले २३ वर्षमा मात्रै उनले बिमल बिजनेश क्राउन मार्फत पेन्सील उद्योग स्थापना गरेका हुुन् ।

लाखौँ युुवा विदेशिरहेको समयमा नेपालमै केहि गर्नुुपर्छ भन्ने सोचका साथ घाराही उपमहानगरपालिका–१८ मा पेन्सील उद्योगको स्थापना गरेर ८ जनालाई रोजगार समेत दिएका छन् । उनले भने– म नेपालमै केहि गर्नुुपर्छ भन्ने युुवा हुुँ तर भनेजस्तो सजिलो छैन् , बिभिन्न चुुनौतिको सामना गरेर भएपनि केहि फरक व्यवसाय गर्ने प्रयास गरेको छुु । भारतमा बस्ने साथीभाईको साथ र सल्लाह सुुझाबले म भल्वेट पेन्सील उद्योग स्थापना गर्न सफल भएको छुुु ।

बिमलले स्थापना गरेको पेन्सील उद्योगबाट दैनिक २ हजार बढी पेन्सील उत्पादन हुुने गरेका छन् । बजारमा भएका पेन्सील भन्दा निकै गुुुणस्तरयुुक्त पेन्सील उत्पादन गरेका छौँ, तर माग अनुुसारको उत्पादन हुुन सकिरहेको छैन्, कुुरा किन लुुकाउनुु र ? आर्थिक अभावकै कारण भनेजति अर्थात माग अनुुसारको पेन्सील उत्पादन गर्न सकिरहेको छैन् , दुुख लाग्छ , अहिले पनि साथीभाईसंग सापटी गरेर उद्योग स्थापना गरेको छुु ,अलि गम्भिर हुुँदै भने, अब बैंकहरुले हामीलाई पत्याउँदैन्, साथीभाई तथा आफन्तसंग सापट मागेर चलाएको छुु ।

राजनीतिशास्त्र र भुुगोलमा स्नातक तहमा अध्ययन गरिरहेका बिमलले उद्योग स्थापना गरेको करिब ९÷१० महिना सम्म पेन्सील गुुणस्तर भएका कारण माग अत्याधिक रहेको बताए । हामीले उत्पादन गरेको पेन्सील दाङ सहित अन्य जिल्लामा पनि जाने गरेको छ, सकारात्मक सुुझाब पाएको छुु , मेरो सोच त के भने स्वदेशमा मात्रै नभएर बिदेशसम्म पुु¥याउने हो, राज्यको ध्यान जान सक्यो भने पक्कै पनि मेरो उद्देश्यमा पुग्ने छुु –उनले भने ।

चाउचाउ,चक्लेट लगाएत विभिन्न कागज जन्यवस्तुुको प्रशोधन गरेर पेन्सील उत्पादन गर्न सकिने उनले बताए । अहिले भारतबाट कच्चापदार्थ ल्याईरहेका छौँ, अब त्यो प्रशोधन गर्ने मेसिन ल्याउन सकियो भने कच्चापदार्थका लागि भारतको भर पर्नुु पनि पर्दैन् उनले भने । कच्चपदार्थ भारतबाट ल्याउँदा समयमा नआउने , भन्सारमा दुुख पाउने गरेको उनले दुुखेसो सुुनाए ।

उनले भने– कच्चापदार्थ भारतबाट ल्याउँदा हाम्रो सबै पैसा भारतमै जाने गरेको छ, नेपालमै लगानी सुुरक्षित गर्ने बातावरण सरकारले बनाउनुुपर्छ, अहिले त झन स्थानिय सरकार आईसकेको अवस्थामा स्थानिय सरकारले हामी जस्ता युुवाको व्यवसायमा प्रोत्साहनका लागि चासो दिनुुपर्छ उनले भने ।

भल्पेड पेन्सील भने बाहिरबाट मखमलले लगाएको र भित्रपट्टी पनि गुुणस्तरिया एचबि राखिएकाले भल्पेड पेन्सील गुुणस्तरिय छ । बजार मुुल्य पनि अरु भन्दा अलि महंगो पर्ने भएपनि हामीले अरु जस्तै प्रति पेन्सील १० रुपैयामा पाउन सक्नुुहुुन्छ । मुुल्य पनि सस्तो तर गुुणस्तरमा विश्वसनियता बढ्दै गएका कारण माग बढी छ– उनले भने ।

भल्पेड पेन्सील विद्यालय, रेष्टुुुरेण्ट, सरकारी तथा नीजि कार्यालयमा बढी प्रयोग हुुने गरेको छ । पेन्सीलमा बाहीरबाट मखमल भएका कारण कार्यालयमा राख्दा राम्रो देखिने र लेख्दा पनि राम्रो भएका कारण यसको बजार राम्रै देखिएको छ–उनले भने । पेन्सील बातावरण मैत्री पनि भएको उनले दावि गरे ।

उनले भने– पेन्सीलबाट निस्कने फोहर बातावरणमा मिल्न सक्ने र वातावरण फालिएका सामानलाई प्रशोधन गरेर पेन्सील बनाउन सकिने भएका कारण यो बातावरणमैत्री पनि छ । उनले थपे–पेन्सीलबाट निस्केका फोहरसंकलन गरेर हामीलाई दिए पेन्सील उपहार पनि दिन्छौँ । घुुम्न मनपराउने, खोजी अनुुसन्धानमा रुचि भएका बिमलले व्यवसायको प्रवद्र्धन गर्नका लागि स्थानिय सरकार संग माग समेत गरेका छन् ।।

Advertise with us