प्रियासनको गीतमा अञ्जुको आवाज


दाङ । यस वर्ष तीन वटा उपन्यास निकालेर चर्चाको शिखरमा पुगेका सविन प्रियासन गीत लिएर श्रोता माझ आउने तयारीमा जुटेका छन् । प्रियासनको दोस्रो गीतमा चर्चित गायिका अञ्ज पन्तको आवाज रहने भएको छ ।


Advertise with us
‘गीत तिम्रो लेखि लेखि’ उक्त बोलको गीत गायीका पन्तले गाउँन लागि रहेको प्रियासनले जानकारी दिनुभयो । युवा सँगीतकार पुरुषोत्तम न्यौपानेको सँगीत रहेको उक्त गीतलाई चर्चित एरेन्जर रिकेश गुरुङले एरेन्ज गर्नु भएको छ ।

Buddha International Hospital


५ मिनेट ९ सकेन्ड लामो उक्त गीत पूर्णरुपले लभ सङ्गकारुपमा बजारमा ल्याउने तयारी गरिएको छ । वैशाख ४ गते रेकर्डिङ गर्न लागिएको उक्त गीत भिडियोसहित वेशाख अन्तिम साता सार्वजनिक गरिने गीतकार प्रियासनले जानकारी दिनुभयो । यस अगाडी प्रियासनको शव्द रहेको ‘म गीतहरुमा डुबेर’ बोलको गीत भिडियोसहित सार्वजनिक गर्ने तयारी गरिएको छ ।

चर्चित गायक कृष्ण काफ्लेको स्वर रहेको उक्त गीतमा पुरुषोत्तम न्यौपानेको सँगीत छ भने गोपाल रसाइलीले गीतमा
एरेन्ज गर्नुभएको छ ।

Advertise with us