कटुवा खोला पुलका ठेकेदार शर्माले काम नगर्न नसक्ने इन्जिनियरको भनाइ

Advertise with us

सडक डिभिजन कार्यालयका ईन्जिनिएर शेखर योगीले काम गर्न नसक्ने बताउनुभयो । आफुले पहिल्यै देखि नै निर्माण कम्पनीको क्षमता भन्दा बढि काम भएकाले पदम शर्माको निर्माण कम्पनीले काम सम्पन्न गर्न नसक्ने बताउनुभयो ।

Buddha International Hospital
Advertise with us

घोराहीको कटुवा खोला पुल र कटुवा खोला देखि तुलसीपुर चौक सम्मको फोर लेन सडक निर्माणको ठेक्का प्राप्त गरेको शंकरमाली कम्पनीका शेयर होल्डर मात्रै रहेका पदम शर्माले काम गर्न नसक्ने बताउनुभयो ।

मुख्यमन्त्री सहितको टोलीलाई जानकारी गराउँदै उहाले काम अगाडी बढाउन र ठेक्का सम्झौता रद्ध गर्न समेत पटक पटक पत्रहरु लेखेको समेत उहाले बताउनुभयो ।

मुख्यमन्त्री पोख्रेलले ठेकेदार पदम शर्मासंग नअल्झिएर सिधै कम्पनी संग कुरा गर्न डिभिजनलाई आग्रह गर्नुभएको छ । कम्पनीको पत्र मात्रै लिएर आउनेहरुलाई ठेक्का समेत नदिन आग्रह गर्नुभयो ।