बिजौरीमा सामसुङ्गको आधिकारिक डिलर

तुलसीपुर, चैत २७ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १८ बिजौरीमा रत्ना अफिस अटोमेशन सेन्टर (सामसुङ्गको आधिकारिक डिलर) सञ्चालनमा ल्याइएको छ । बुधवार एक कार्यक्रमका बिच उक्त सेन्टरको उद्घाटन गरिएको हो ।

Buddha International Hospital

Advertise with us

रत्ना अफिस अटोमेशन सेन्टर विजौरीका सञ्चालक झलक के.सी.को अध्यक्षता तथा बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश वलीको प्रमुख आथित्यता एवंम तुल्सीपुर उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष माधव वली, १९ का वडाध्यक्ष रामवहादुर योगी तथा प्रजातान्त्रिक उद्योग वाणिज्य संघ तुल्सीपुरका अध्यक्ष जनक खरालको विशिष्ठ आथित्यमा कार्यक्रम गरिएको हो ।

विश्व व्यापी व्राण्ड सामसुङ्गका हरेक प्रकारका सामानहरु अब बिजौरीमै पाइने सञ्चालक के.सि.ले वताउनुभयो । उहाँले उक्त डिलरमा सामसुङगका टिभि, मोवाइल, फ्रिज, सिसि क्यामेरा लगाएतका सामसुङगका हरेक व्राण्डहरु पाइने पनि बताउनुभयो ।

कार्यक्रममा वोल्ने वक्ताहरुले बिजौरीमा सामसुङ्को डिलर सञ्चान हुनु राम्रो कार्य रहेको बताउनुभएको थियो । सामसुङ्गको डिलरले यस क्षेत्रको आवश्यकतालाई परिपूर्ति गरेको भन्दै व्यवसाय सञ्चालकलाई शुभकामना तथा धन्यवाद दिनुभएको थियो । उहाँहरुले निजि लगानीलाई राज्यले सुरक्षित गर्नुपर्ने वातावरण सिर्जना हुनुपर्ने पनि बताउनुभएको थियो ।

सो अवसरमा साक्षी खबरका प्रधान सम्पादक सुनिल कुमार पोख्रेल लगाएकाले सुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रमको सहजीकरण पत्रकार राकेश बस्नेतले गर्नुभएको थियो ।