आठौँ राष्ट्रिय खेलकूद सुरु, दाङमा टेबलटेनिस प्रतियोगिताको उद्घाटन

 

Buddha International Hospital

नवीन अभिलाषी

Advertise with us

दाङ, चैत २७ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५÷७६ बुधबारदेखि सुरु भएको छ । औपचारिक उद्घाटन वैशाख ५ मा हुने खेलकूदअन्तर्गतका पाँच खेलहरू बुधबारदेखि शुरु भएका छन् । दाङको घोराहीमामा टेबलटेनिस प्रतियोगिताको उद्घाटन गरिएको छ ।

दाङको घोराही स्थित कभर्डहलमा ४० औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको उद्घाटन गर्दै पुर्व युवा तथा खेलकुद मन्त्री दलजीत श्रीर्पालीले निक्कै कठिन अबस्थाबाट प्रदेश पाँचमा आयोजना गरिएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता भब्य रुपमा सुरु भएको बताएको बताउनुभयो । यो प्रतियोगिताका कारण प्रदेशमा खेलकुद सम्बन्धी ठुलो भौतिक पुर्वाधारहरु निर्माण भएको बताउनुभयो ।

उहाँले नेपालको खेलकुद क्षेत्रलाई समृद्धि र विकासको बाटोमा लैजानका लागि यो विचमा महत्वपुर्ण काम भएको बताउनुभयो । अब कुनै पनि शक्तिले यसलाई कमजोर बनाउन सक्ने अबस्था नरहेको उहाँको भनाई छ । खेलाडीहरुको परिचच पत्रको व्यवस्था, विमा, खेलाडीहरुका लागि विश्वविद्यालयको स्थापना जस्ता योजनाहरु अहिले कार्यान्वयनको प्रक्रियामा रहेको समेत उहाँको भनाई छ ।

दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपाली, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, राष्ट्रिय खेलकुद परिषद्का तालिम विभागका प्रमुख मिन रानाभाट र नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनले खेलकुदको विकासका लागि सरकारले योजना बनाएको भन्दै अब खेलकुदबाट पनि धेरै ठुलो प्रगती हुने विस्वास ब्यक्त गर्नुभयो । जिल्ला टेबलटेनिस संघका उपाध्यक्ष अरुण लहरेले स्वागत गर्नुभएको कार्यक्रमको सहजीकरण खेलकुद विकास समितिका सदस्य तिलक रावतले बताउनुभयो ।

चैत ३० गतेसम्म सञ्चालन हुने टेबलटेनिस खेलका लागि ७ प्रदेश र नेपाल प्रहरी, नेपाल आर्मी र एपिएफ गरी तीन विभागबाट एक सय ८ जना खेलाडीहरु सहभागी भएका छन् । स्थानीय अम्पाएर १२ र राष्ट्रिय अम्पाएर ३६ जना सहभागी भएको टेबलटेनिस प्रतियोगिता अन्र्तगत सात वटा ईभेन्टमा खेल हुने बताईएको छ ।

बुधबारदेखि दाङको घोराही कभर्डहलमा टेबलटेनिस, कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगञ्जको मङ्गलप्रसाद उच्चमाविमा पुरुष हकी, ललितपुरको सातदोबाटोमा स्क्वास र बुटवलमा लनटेनिस शुरु भएको छ । बैशाख पाँच गते उद्घाटन हुनु अघि विभिन्न १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसक्ने छन । उद्घाटन अघि सकिने खेलमा बक्सिङ, कबड्डी, जुडो, बास्केटबल, बुद्धिचाल, फुल कन्ट्याक्ट कराँते, साइक्लिङ, फेन्सिङ र गल्फ रहेका छन् ।

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा विभिन्न ३५ खेल समावेश छन् । बृहत् राष्ट्रिय खेलकुदकै इतिहासमा प्याराग्लाइडिङ खेल पहिलो पटक समावेश गरिएको छ भने एनआरएनए (गैरआवासीय नेपालीको सङ्गठन) टोली पनि पहिलोपटक सहभागी हुँदैछ । आठौँ राष्ट्रिय खेलकूदमा समग्रमा दुई हजार ८२५ पुरुष तथा दुई हजार ३८६ महिला गरी जम्मा पाँच हजार २११ खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगितामा ३७२ स्वर्ण, त्यत्ति नै रजत र ५६३ कास्य पदकका लागि भिडन्त हुनेछ ।