एनआईसी एसिया बैंकले ल्यायो २२ चमत्कारिक सुविधा

दाङ, चैत २७ । एनआईसी एसिया बैंकले सर्वाधिक उच्च ब्याजदरको साथै २२ वटा चमत्कारिक विशेषताहरु ल्याएको छ । बैंकले आफ्नो २१ औँ वर्ष पार गरी २२ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा अहिलेसम्मकै उच्च ब्याजदरको साथै ग्राहकहरुलाई २२ वटा चमत्कारिक योजनाहरु ल्याएको बताएको छ ।

Buddha International Hospital

Advertise with us

बैंकले घोराहीमा कार्यक्रम गरेर योजनाहरुको बारेमा जानकारी समेत गराएको छ । बैंकले अहिलेसम्मको सबै भन्दा बढि ६.५ प्रतिशत ब्याददरमा सेवा प्रवाह गरिरहेको बताएको छ । बैंकका नेपालगंज क्षेत्रीय कार्यालयका डिल्लीराज खनालले चमत्कारिक रुपमा बचत खाता, नारी बचत खाता, जेष्ठ नागरिक बचत खाता, बाबुनानी बचत खाता, विद्यार्थी बचत खाता, स्वरोजगार बचत खाताहरु ल्याईएकाले आम जनमानसको बचत गर्ने बानीलाई अभिबृद्धि गर्ने विस्वास लिएको बताउनुभयो ।

नयाँ योजना अन्र्तगत ग्राहकहरुले १५ लाख रुपैयासम्म दुर्घटना विमा, १५ लाखदसम्मको घातक रोगहरुको विमा र एक लाख ५० हजारसम्मको औषधी उपचार विमा सुविधा समेत प्राप्त गर्न सकिने बैंकले बताएको छ । कर्जामा समेत विशेष छुट, सहुलियत पैदान गर्ने गरी ल्याईएका योजनाहरुमा २२ वटा चमत्कारिक फाईदाहरु रहेको खनालले बताउनुभयो ।

बैंकले ल्याएका चमत्कारिक फाईदाहरु देशका २ सय ८१ वटै शाखा कार्यालयबाट प्राप्त गर्न सकिने बैंकका सुचना अधिकारी सुधिरनाथ पाण्डेले बताउनुभयो । बैंकका अनुसार २ सय ८१ वटा शाखा कार्यालय, २ सय ८९ एटिएम, ३९ वटा एक्टेन्सन काउण्टर र २३ वटा शाखा रहित बैंक ईकाइ मार्फत सेवा प्रदान गर्दै आएको छ ।

एनआईसी एसिया बैंकमा कारोबार गर्दै आएका नियमित ग्राहक, विभिन्न क्षेत्रका ब्यक्तिहरु र पत्रकार सहित सहभागी भएको कार्यक्रममा बैंकले ल्याएका २२ वटा विभिन्न चमत्कारिक सुविधाहरुको बारेमा क्षेत्रीय कार्यालय नेपालगंजका डिल्लीराज खनालले जानकारी गराउनु भएको थियो । कार्यक्रमका सहभागीहरुले बैंकले ल्याएका योजनाहरुले ग्राहकहरुलाई उत्साहित बनाएको बताएका थिए ।

Advertise with us