जखेरा महोत्सवको खर्च सार्वजनिक

Advertise with us

शिवु खनाल

Buddha International Hospital

देउखुरी, चैत । जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानले तेस्रो जखेरा पर्यटन तथा साँस्कृतिक महोत्सवले २०७५ को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । मंगलवार लमही नगरपालिका नगर प्रमुख, उप प्रमुख, लमही नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बाबुराम चौधरी, पत्रकार र स्थानियहरु उपस्थितिमा माहाशिवरात्रीको अवसरमा आयोजना गरिएको तेस्रो जखेरा पर्यटन तथा साँस्कृतिक महोत्सवले २०७५ को आम्दानी तथा खर्च सार्वजनिक गरिएको हो ।

Advertise with us

जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका अनुसार ८ लाख २७ हजार ७ सय ६५ रुपैँया आम्दानी भएको र सोही रकमबाट ६ लाख ५२ हजार २ सय ६५ रुपैँयाबाट सम्पूर्ण खर्च कटाई जम्मा १ लाख ७५ हजार ५ सय रुपैँया समितिको खातामा रहेको जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका माहासचिव लोकमणि बञ्जाडेले जानकारी दिनुभयो ।

त्यस्तै कार्यक्रममा लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले जखेरा ताललाई दाङकै गौरब तालको रुपमा विकास गर्ने बताउनुभयो । नगर प्रमुख केसीले जखेरा तालको विकासको निम्ती वृहत योजनाहरु ल्याउने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएको नगर प्रमुख केसीले जखेरातालमा अन्तरिक तथा बाह्य पर्यटक भित्रयाउन सबैको आवश्यक रहेको भन्दै तालको संरक्षणको निम्ती सबैको समन्वय र पूर्वपश्चिम राजमार्गमा हिड्ने आन्तरिक तथा बाह्य पर्यटकहरुले एक पटक जखेरा ताल हेर्नै पर्ने सोँचको विकासको वातावरण बनाउने बताउनुभयो ।

कार्यक्रममा लमही नगरपालिका उप–प्रमुख देवका बेल्वासे, लमही नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तथा महोत्सव आयोजग उप समितिको संयोजग बाबुराम चौधरी लगाएतले मन्तब्य राख्नुभएको हो । जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका सहअध्यक्ष रविधोज थापाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका माहासचिव लोकमणि बञ्जाडेले गर्नु भएको थियो । कार्यक्रममा मुल समितिका अध्यक्ष रामप्रसाद उपाध्यलाई हिसाब हस्तान्त्रण गरिएको थियो ।