‘दया’ लाग्दो ‘रिजल्ट’

सामुदायिक विद्यालय तर्फ २०.१९ प्रतिशत विद्यार्थी मात्र उत्तिर्ण

दाङ, चैत २७ । घोराही उपमहानगरपालिका शिक्षा महाशाखाले कक्षा आठको परिक्षाफल सार्वजनिक गरेको छ । घोराहीमा एक कार्यक्रमको आयोजना गरेर परिक्षाफल सर्वाजनिक गरेको हो । सार्वजनिक तथ्यांक अनुसार ४६.०१ प्रतिशत विद्यार्थीहरु मा उत्तिर्ण भएको छन् ।

Buddha International Hospital

Advertise with us

विद्यालय निरिक्षक विप्लव अधिकारीका अनुसार यो वर्ष ४ हजार ६८ जना विद्यार्थीहरु परिक्षामा सहभागी भएका थिए । सहभागी भएका कुल विद्यार्थीहरु मध्य १ हजार ८ सय ७२ जना विद्यार्थीहरु मात्र कक्षा नौमा भर्ना हुनका लागि योग्य रहेको अधिकारीले बताउनुभयो । प्रतिशतमा हिसाव गर्दा ४६.०१ हुन आउछ ।

यो वर्ष घोराही उपमहानगरपालिका अन्र्तगत रहेका सामुदायीक विद्यालयको नजिता अत्यन्तै कमजोर देखिएको छ । सामुदायिक विद्यालय तर्फ ४ सय ५० जना विद्यार्थीहरु मात्र उत्तिर्ण भएका छन् । सामुदायिक विद्यालयका १ हजार १ सय १८ जना छात्र र १ हजार १ सय १० जना छात्रा गरि २ हजार २ सय २८ जना विद्यार्थीहरु सहभागी भएकोमा जम्मा ४ सय ५० जना विद्यार्थीहरु मात्रै कक्षा नौँ मा भर्ना हुनको लागि उपयुक्त देखिएको शिक्षा महाशाखाले बताएको छ । यो २०.१९ प्रतिशत मात्र हो । सामुदायीक विद्यालय तर्फ २ सय १० जना छात्र र २ सय ४० जना छात्रा उत्तिर्ण भएका छन् ।

तर नीजि विद्यालय तर्फको नजिता भने सुधारोत्मुख देखिएको छ । संस्थागत विद्यालय तर्फ ९ सय १५ जना छात्र र ९ सय २५ जना छात्रा गरी जम्मा १ हजार ८ सय ४० जना विद्यार्थीहरु सहभागी भएका थिए । ती विद्यार्थीहरु मध्य १ हजार ४ सय २२ जना विद्यार्थीहरु उत्तीर्ण भएका छन् । यो ७७.८७ प्रतिशत हुन आउछ । संस्थागत विद्यालय तर्फ ६ सय ६५ जना छात्र र ७ सय ५७ जना छात्रा कक्षा नौ मा अध्ययनका लागि योग्य रहेको विद्यालय निरिक्षक अधिकारीले बताउनुभयो ।

शिक्षा महाशाखाका अनुसार परिक्षाका लागि ३९ वटा संस्थागत विद्यालय र ४४ वटा सामुदायीक विद्यालय गरी घोराही उपमहानगरपालिका क्षेत्रभित्रका ८३ वटा विद्यालयहरु विद्यार्थी सहभागी भएका थिए । ३१ वटा परिक्षा केन्द्र तोकिएको थियो । यो वर्ष देखि कक्षा आठको बार्षिक परिक्षाको केन्द्रका लागि ‘होम सेन्टर’ हटाईएको थियो । विगतका वर्षहरु भन्दा पनि यो वर्षको सामुदायिक विद्यालय तर्फको नतिजा दया लाग्दो अबस्थाका पुगेको छ । शिक्षा क्षेत्रका लागि सरकारले बार्षिक रुपमा करोडौँ बजेट खर्च गर्दै आएको छ ।

तर सरकारले नै लगानी गरेको सामुदायिक विद्यालयको नतिजा नै दया लाग्दो देखिएपछि यसले भर्ना अभियानमा थप प्रभाव पार्ने घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले बताउनुभयो । घोराही उपमहानगरपालिका शिक्षा समितिका संयोजक भरत अर्यालको अध्यक्ष तथा मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी परिक्षाफल सार्वजनिक गरेको हो । कार्यक्रममा बोल्दै मेयर चौधरीले शिक्षामा यति धेरै लगानी गर्दा पनि न्युन विद्यार्थीहरु मात्रै पास हुनु सोँचनिय र गम्भीर विषय भएको बताउनुभयो ।