मोतिविन्दुको शल्यक्रिया गरिएका विरामीलाई चश्मा औषधी वितरण

तुलसीपुर,  २७ चैत । मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएका आँखाका विरामीहरुलाई चश्मा तथा औषधी वितरण गरिएकोछ । राप्ती आँखा अस्पतालमा मंगलवार एक कार्यक्रमको आयोजना गरि निःशुल्क चश्मा तथा औषधी वितरण गरिएकोहो ।

Buddha International Hospital

Advertise with us

नेपाल नेत्रज्योति सङ्घ, राप्ती आँखा अस्पतालको प्राविधि सहयोग र तुलसीपुर उपमहानगरपालिका विच ‘मोतियाविन्दुको निःशुल्क शल्यक्रिया तथा उपचार सेवा कार्यक्रम’ अन्र्तगत शल्यक्रिया गरिएकोहो । वडा नंं ८ का ३८ जना ज्येष्ठ नागरिकहरुको मोतिविन्दुको शल्यक्रिया गरिएको थियो ।

नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्रबहादुर खड्काको अध्यक्षता तथा तुलसीपुर उपमहाानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रमा बोल्दै नगरप्रमुख पाण्डेले मोतियाविन्दुरहित उपमहानगरपालिका बनाउने अभियानअन्तर्गत विभिन्न स्थानमा आँखा स्वास्थ्य शिविर आयोजना गरी आँखामा देखिएको मोतियाविन्दुको शल्यक्रिया गरिएको बताए ।

उनले यस आर्थिक वर्षदेखि मोतियाविन्दुको निःशुल्क शल्यक्रिया तथा उपचार सेवा सुरु गरेका भन्दै सवै नगरवासीलाई उज्यालो प्रदान गर्ने आफुहरुको उद्देश्य रहेको बताए । त्यस्तै संघका सचिव खड्काले पैसाको अभावले कोही कसैले पनि आँखा उपचार सेवा पाउनबाट बन्चीत नहुनेगरी साझेदारी कार्यक्रम सञ्चालन गरेको बताए । अस्पतालका चिफमेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवालको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजिकरण सूचना अधिकारी बालाराम खड्काले गरेका थिए ।

त्यसैविच वडा नं ९ मा भएको आँखा चेकजाँच शिविरमा २९० जनाको आँखा चेकजाँच गरीएकोछ । तुलसीपुर–९ दोघरे को वडा कार्यालयमा भएको चेकजाँचमा ३२ जना मोतिविन्दुका विरामीहरु भेटिएको नेत्र सहायक सपना गौतमले जानकारी दिइन् । उनीहरुलाई शल्यक्रियाका लागि राप्ती आँखा अस्पतालमा रिफर गरीएकोछ ।

मोतिविन्दु भएका विरामीहरुको निःशुल्क शल्यक्रिया गरिने वडा अध्यक्ष घनश्याम ढकालले बताए । नेत्र सहायक सपना गौतम सहित पावती पौडेल, निसा शेरपाइली, विवेक केसी सहितको प्राविधिक टोलीले सेवा दिएको थियो ।