घोराहीमा आधा बढी विद्यार्थी अनुतिर्ण

 

Buddha International Hospital

रीता लामा

Advertise with us
घोराही, २६ चैत । पहिलो पटक आधारभुत तह कक्षा आठको परिक्षा संचालन गरेको घोराही उपमहानगरपालिका शिक्षा शाखाले सोमवार नतिजा सार्वजनिक गरेको छ ।


उपमहानगरले नगर क्षेत्रका सबै विद्यालयका प्रअहरुको भेला गरेर नतिजा सार्वजनिक गरेको हो । गत चैत्र तीन गते देखि १० गतेसम्म संचालन भएको परिक्षा १६ दिन भित्रै उपमहानगरले ग्रेड सहित सार्वजनिक गरेको छ । जसमा सामुदायिक विद्यालयका २० प्रतिशत र संस्थागत विद्यालयका ६६ प्रतिशत विद्यार्थी मात्र कक्षा नौ मा भर्ना हुनको लागि योग्य भएका छन । अर्थात पास भएका छन ।

शिक्षा शाखाका अनुसार परिक्षामा सहभागि भएका चार हजार ६८ मध्य दुइ हजार एक सय ९६ विद्यार्थी अनुतिर्ण भएका छन । भने एक हजार आठ सय ७२ विद्यार्थी मात्र उतिर्ण भएका छन । यसलाई प्रतिशतमा निकाल्दा यस बर्ष ५३.९८ प्रतिशत फेल भएका छन भने ४६.०१ प्रतिशत विद्यार्थी मात्र पास भएका छन ।

 


नतिजा अनुसार संस्थागत विद्यालयका एक हजार आठ सय ४० जना मध्य १४ सय २२ जना मात्रै कक्षा नौ मा पढ्न योग्य भएका छन भने ४१८ जना विद्यार्थीहरु कक्षा नौ मा भर्ना हुनको लागि अयोग्य भएका छन । उनीहरुले डि र ई ग्रेड ल्याएको हुदाँ माथिल्लो कक्षामा भर्ना हुन नपाउने शिक्षा शाखाले जनाएको छ ।

 


यस्तै सामुदायिक विद्यालयका दुइ हजार दुइ सय १८ मध्ये जम्मा चार सय ५० जना मात्रै कक्षा नौ मा भर्ना हुनको लागि योग्य भएका छन भने एक हजार सात सय ६८ जना अयोग्य भएका छन । यो नतिजा हेर्दा पनि कक्षा आठको सामुदायिक विद्यालयको नतिजा निकै कमजोर देखिन्छ । यस्तै महंगो शुल्क तिरेर नीजि विद्यालयमा छोराछोरी पढाएका अभिभावकहरुको लागि यस पटक संस्थागत विद्यालयको नतिजा पनि सन्तोषजनक छैन । कुल विद्यार्थी मध्य ३४ प्रतिशत बालबालिका अनुतिर्ण भएका छन अर्थात डि र ई ग्रेड ल्याएका छन । अन्य कक्षामा सत प्रतिशत नतिजा निकाल्ने संस्थागत विद्यालयलाई समेत नतिजाले चुनौति थपेको छ ।