रिनल्टको प्रोफेसनल भेटघाट

घोराही २६ चैत । रिनल्टको प्रोफेसनल भेटघाट संगै सांगितिक कार्यक्रम सम्पन्न भएको छ । घोराहीमा रिनल्टले आफ्ना गाड़ीका ब्रान्डको प्रमोशनका लागी उक्त कार्यक्रमको आयोजना गरेको थियो ।

Buddha International Hospital

Advertise with us

नेपालमा अहिले रिनल्टका डस्टर ,क्विड,क्याप्चर र लजी गरी चारवटा ब्रान्डहरु रहेका छन भने तत्कालै रिनल्ट कम्पनीले नेपालमा विद्युतदेखि चल्ने गाडी भित्राउने एडभान्स अटो मोबाइलका जनरल म्यानेजर अधीर कुमार श्रेष्ठले बताउनु भयो ।

दाङ्गमा करिब दुई वर्षको अन्तरालमा ६० वटा भन्दा बढी गाड़ीहरु बिक्री-वितरण भैसकेको एडभान्स अटो मोबाइलको दाङ्ग शाखा जोशी अटो भिल्लाका सञ्चालक आयुष श्रेष्ठले बताउनु भयो ।

साथै उहांले नंया वर्ष २०७६ को अवसरमा ग्राहकहरुका लागी दुई वर्षको इन्स्योरेन्स अनि रोड ट्याक्स,एक्सचेन्ज बोनस,प्रत्येक साना गाडीहरूमा न्युनतम दुई लाख र ठुला गाडीहरूमा रु. ६ लाखसम्मको छुटको व्यवस्था रहेको जानकारी दिनुभयो । रिनल्टको प्रोफेशनल भेटघाटमा उध्योगी,व्यवसायी,बैंक,इन्स्योरेन्स अनि सञ्चारकर्मीहरुको उपस्तिथि रहेको थियो ।

Advertise with us