नेपाल बन्छ, हामी बनाउछौ ः मुख्यमन्त्री पोखरेल

तस्विर ः रीता लामा

प्रदेश नम्वर पाँचका मुख्य मन्त्री शखर पोखरेलले देश अव समृद्धिको यात्रामा अगाडी बढीसकेको बताएका छन । देश विकासका धेरै पुर्वाधारहरु धमाधम बनिरहेको दावि गर्दै उनले भने ‘नेपाल बन्छ र हामी बनाउछौ पनि’ । नेपालमा विकासका पुर्वाधारहरु शिक्षा, सडक, पुल, विद्युत उत्पादनका कामहरु दु्रत गतिमा अगाडी बढेको भन्दै उनले अव देश समृद्धको यात्रामा अगाडी बढी सकेको जिकिर गरे ।

Buddha International Hospital
Advertise with us

‘विकासका दृष्टीले नेपाल अघि बढी सक्यो र सँगैसगै जनताको जीवन स्तर पनि माथि उठाउने गरी’ मुख्य मन्त्री पोखेरेलले अगाडी थपे ‘अवको दुइ बर्ष पछी देशले विद्युत निर्यात गर्नेछ । त्यो नै समृद्धिको पहिलो यात्रा हुनेछ ।’

तस्विर ः रीता लामा

नेपाल पत्रकार महासंघ दाङ शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्य मन्त्री पोखरेलले संविधानमा लेखिएको समाजबाद सुरु हुने गरि अहिले काम भैरहेको समेत बताए । साथै उनले अवको १५ दिन भित्र जनताको पक्षमा ठुलो परियोजना लन्च हुदै गरेको तथ्य समेत बाहिर ल्याए ।
पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियाशनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण सचिव भुपेन्द्र वलीले गरेका थिए ।

 

Advertise with us