स्वर्गद्वारीद्वारा युएनविसीलाई जर्सी

घोराही २५ चैत । स्वर्गद्वारी गेटवेय प्रालीले युएनविसीलाई सौजन्य स्वरुप एकसेट १८ वटा जर्सी प्रदान गरेको छ । घोराहीमा भैरहेको रामशरण थापा स्मृति कपमा खेल्नको लागी घोराही उपमहानगरपालिका वडा नम्बर १४ स्थित निर्माणधिन स्वर्गद्वारी गेटवय प्रालीले युनाइटेड नयाँबाजर क्लबलाई जर्सी सौजन्य गरको हो ।

Buddha International Hospital

Advertise with us

संयुक्तरुपमा खुल्दै गरेको स्वर्गद्वारी गेटवेय प्रालीका सञ्चालक विपिन श्रेष्ठ र शीतल रावतले १८ वटा जर्सी सहयोग गर्नु भएको हो । साथै उंहाहरुले आगामी दिनहरुमा पनि युएनविसीलाई आफूहरुले सक्दो सहयोग गर्ने बताउनु भयो ।

घोराहीको भरतपुर मैदानमा भैरहेको शरण थापा रनिङ फुटबल कपमा यही चैत २९ गते युएनविसी र सक्सेस क्लब तुलसीपुर भिड्ने छन ।

 

Advertise with us