शुभकामना आदान-प्रदानसंगै भित्रेपात्रो सार्वजनिक

घोराही २५ चैत | राप्ती अञ्चल डेलिभरी सेवा वितरक संघले प्रशासन गरेको भित्रेपात्रोको सार्वजनिक गरिएको छ ।   वितरक संघले सोमवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि भित्रेपात्रोको सार्वजनिक तथा नव वर्ष २०७६ सालको शुभ कामना आदान प्रदान कार्यक्रम गरिएको हो ।

Buddha International Hospital

Advertise with us

भित्रेपात्रो सार्वजनिक तथा शुभकामना आदान प्रदान कार्यक्रम राप्ती अञ्चल डेलिभरी सेवा वितरक संघका अध्यक्ष धुव्रराज श्रेष्ठ (भारी) को अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको प्रमुख आतिथ्यता एवम नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनको विशिष्ट आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा वोल्ने बक्ताहरुले वितरक संघले व्यवसायि संगै सामाजिक कार्यमा समेत महत्वपुर्ण कार्य गरेको बताएका थिए । उनीहरुले व्यवसायिहरु आफनो हक अधिकारका लागि एक्तावद्ध हुनु पर्ने बताएका थिए ।

कार्यक्रममा वितरक संघका कानुनी सल्लाहाकार घनश्याम थापा, सल्लाहाकार यादव शाह, दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव नरेश कार्की, कोषाध्यक्ष शुसिल पोख्रेल, लगाएतकाले भनाइ राखेका थिए । वितरक संघका कोषाध्यक्ष टंकसिह वुढाथोकीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण वितरक संघका सह सचिव सरोज शाहले गरेका थिए ।