पुलैपुलले जोडिदै दाङ, ३१ पुल बन्दै

रीता लामा

Blog Post Ad

दाङमा ३१ वटा पुल बन्दै छन् । सडक डिभिजन कार्यालय दाङले २३, पुर्वाधार विकास कार्यालयले आठ तथा पुल महाशाखा नेपालगञ्जले दुइ वटा पुल निर्माण गरिरहेका छन् ।

Blog Post Ad

सडक डिभिन कार्यालय दाङका प्रमुख बद्रि शर्माका अनुसार लमही–घोराही सडकको बबइ खोला , सिस्ने खोला, कटुवा खोला , दाङ–सुर्खेत सडक खण्डको पत्रे खोलामा, सेवार खेला, गुर्जे खोला, हापुर खोला, संग्राम खोला, कालाखोलामा पुल निर्माण भईरहेका छन् ।

यस्तै बबइ खोलामा शिक्रहवा–प्रनाहा, बबइ खोलाकै ढिकपुर गाउँलाई जोड्न , नारायणपुर देखि कोठरी जोड्नको लागि हापुर खोलामा पुल बन्दै छन् । त्यस्तै हापुर खोलाकै निघुवार बघिया जोड्ने पुल निर्माणाधिन अबस्थामा छ ।

तुलसीपुर देखि पश्चिम माया खोलामा हेकुल गाउँलाई जोड्न, यस्तै दाङको पश्चिम पुरन्धारा–जलुकेका पुल भने निर्माण पूरा भईसकेका छन् ।यस्तै पाण्डवेश्वर मन्दिर र घोराही उपमहानगरपालिका वडा नम्वर ५ धर्नाका जनताहरुलाई पनि सडक संजालमा जोड्नको लागि बबइ खोलामा गत बर्ष देखि १३ करोडका लागतमा पुल बन्दै छ ।

घोराही कै ग्रामिण क्षेत्र रामपुर, सिमलतारा, लक्ष्मीपुरलाई जोड्नको लागि पनि बालिम खोलामा तीन करोड ४६ लाखमा र मुख्य सडकबाट मोतिपुरलाई जोड्नको लागि गुर्जे खोलामा ६७ लाखमा ठुलो रकमको कलभर्ट निर्माण हुदै छ । क्रमागत योजना अन्र्तगत डिभिजन सडक कार्यालयले मात्र २३ वटा ठुला पुल निर्माण गर्दैछन । जसमा २३ मिटर देखि १६४ मिटर लामो पुलहरु निर्माण भैरहेका छन ।

यस्तै प्रदेश नम्वर ५को सरकार अन्र्तगत संचालित पुर्वाधार विकास कार्यालय दाङले पनि जिल्लामा आठ वटा पुल निर्माण गर्दै छ । कार्यालयका प्रमुख बासुदेव भण्डारीले दिएको जानकारी अनुसार चार करोडको लागतमा पातु खोलामा पवननगर, पुरन्धार जोड्नको लागि ३५ मिटर लामो पुल निर्माण हुदैछ । दाङ कै पश्चिम मलवार गरगरिया जोड्नको लागि ग्वास खोलामा दुई करोडको लागतमा पुल निर्माणको क्रममा छ ।

दाङको देउखुरीमा पर्ने गंगापरस्पुर जोड्नको लागि पनि जनरेल खोलामा दुई करोड २० लाखको लागतमा पुल निर्माण हुदैछ । गडवा गाउँपालिकाको धैरेनी–रक्तपुर जोड्नको लागि पनि पुल निर्माणको लागि अध्ययन सुरु भएको छ भने गडवा कै विजौरी–नयाँ गाउँ जोड्नको लागि दोलइ खोलामा पनि पुल निर्माणको तयारी थालिएको छ ।

यस्तै साविकको प्राविधिक कार्यालयले थालेको दुइ वटा पुल पुर्वाधार विकास कार्यालय दाङले सम्पन्न गरेको कार्यालयका प्रमुख भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार सौडियारलाई नैनवारसँग जोड्नको लागि बबइ खोलामा र श्रीगाउँ र हेकुल जोड्ने चिराघाट खोलामा दुइ वटा पुल निर्माणको अन्तिम चरणमा छन ।

पुल महाशाखा नेपालजञ्जले पनि भोजपुर र अगमी मटेरा जोड्नको लागि ववइ खोलामा पुल निर्माण गरिरहेको छ । भने घोराही–तुलसीपुर सडक खण्ड अन्र्तगत ग्वार खोलामा पनि पुल निर्माणको काम थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *