महिलाका लागि सिलाईकटाइ तालिम


घोराही २४ चैत । घोराही उपमहानगरपालिका वडा नम्वर ६ को सहयोग र नारी सीप समाजको आयोजनामा आईताबार देखी दुई महिने एड्भान्श सिलाइकटाइ तालिम सुरु भएको छ ।


Advertise with us
तालिम कार्यक्रमको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले औपचारीक रुपमा उदघाटन गर्नुभएको थियो । कार्यक्रमका वडा नम्वर ६ का अध्यक्ष रेवबहादुर बुढाथोकी, वडा न ६ का सदस्य केशवराज बिसी लगायतले आ-आफनो धारणा राख्नुभएको थियो ।

Buddha International Hospital


तालिममा २० जना महिलाहरुको सहभागीता रहेको छ । दुइ महिनासम्म चल्ने उक्त तालिमको मुख्य प्रशिक्षकमा सर्मिला नेपालीले रहनु भएको छ ।  तालिममा सहभागी महिलाहरुले अग्रीम तीन महिने सिलाइकटाइ सिध्याए लगतै थप अनुभव र दक्षका लागि नारी सीप समाजले दुई महिने एड्भान्श् तालिमको आयोजना गरेको समाजकी अध्यक्ष बिष्णु थापाले जानकारी दिनुभयो ।

दाङका अधिकांस विकट ठाउँहरुमा सिलाईकटाइ, पार्लर, बुटिक लगायत बिभिन्न तालिमहरुको आयोजना गरेको उहाँले बताउनुभयो ।

Advertise with us