अर्नाहनपुरमा भलिबल तथा फुटबल खेल आयोजना हुने

Advertise with us


तिर्थराज ज्ञवाली
देउखुरी दाङ, ‘राष्ट्रको लागि खेल, स्वास्थ्यको लागि’ भन्ने मुल नारा सहित राप्ती गाउँपालिका वडा नं ७ को आयोजनामा यही चैत २७ गते देखी युवाहरुलाई भलिबल तथा फुटबल खेल समावेस गरिएको खेलकुद कार्यक्रमको सञ्चालन हुने भएको छ ।

Advertise with us


वडा नं ७ को यस आर्थिक वर्ष २०७५÷०७६ को स्वीकृत बार्षिक कार्ययोजना अन्तरगत युवाहरुलाई भलिबल तथा फुटबल खेल समावेस गरिएको खेलकुद कार्यक्रमको सञ्चालन गर्न लागीएको वडा अध्यक्ष विद्याशरण चौधरीले जानकारी दिए ।

Buddha International Hospital


राप्ती गाउँपालिका वडा नं. ७ अर्नहानपुर को रामघाट खेल मैदानमा सुरुहुने खेलकुद कार्यक्रममा वडा नं ७ का बड्का सिसहनिया, छुट्की सिसहनिया, जगपुर, अर्नाहनपुर, जितपुर र भानपुर गाउँका युवा क्लवहरुलाई भलिबल तथा फुटबल खेलमा आवद्ध गरिने वडा सदस्य भिमलाल चौधरीले जानकारी दिए ।


दुई दिनसम्म चल्ने भलिबल तथा फुटबल खेल समावेस गरिएको खेलकुद कार्यक्रमको तयारीका लागि खेलमा सहभागीताको लागि गाउँ गाउँका युवाहरुसँग छलफल गरिने, सामाग्री खरिद गरिने, खेलखेलाईने र पुरस्कार वितरण गर्ने कार्यक्रमको तयारी गरिसकीएको र गाउँ गाउँका युवाहरुले खेलकुद सामाग्री प्राप्त गर्ने, खेलकुदको विकाशमा टेवापुग्ने, सु–स्वास्थ्यमा लाभ पुग्ने वडा नं ७ का वडा सचिव डम्बर चौधरीले बताउनु भएको छ ।

नयाँ बर्षको आगमनको अवसर पारेर ‘खेल राष्ट्रको लागि खेल स्वास्थ्यको लागि’ भन्ने मुल नारा सहित वडा नं ७ ले खेलाडीको पहिचान गरि गाउँपालिका स्तरिय, राष्ट्रिय खेलमा सहभागीता होस भनि कार्यक्रमलाई युवा माझ लगिएको वडा नं ७ का कर्मचारी परशु राम चौधरीले बताए ।

अध्यक्ष विद्याशरण चौधरीले ‘खेल राष्ट्रको लागि खेल स्वास्थ्यको लागि’ भन्ने मुल नारा सहित राप्ती गाउँपालिका वडा नं ७ को आयोजनामा यही चैत २७ गते देखी युवाहरुलाई भलिबल तथा फुटबल खेल समाबेस गरिएको खेलकुद कार्यक्रमको विजेता खेल टोलीलाई आकर्षक नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने बताए ।