गरिमा विकास बैंकको तुलसीपुर शाखा स्थापना

Advertise with us


तुलसीपुर, २४ चैत  । गरिमा विकास बैंकले दाङको तुलसीपुरमा पनि शाखा स्थापना गरको छ । दाङसहित देशभर शाखा विस्तार गरको बैंकले तुलसीपुरमा ७५ औँ शाखा स्थापना गरेको हो ।

Buddha International Hospital
Advertise with us

बैंकले आज (आईतबार)देखि आर्थिक कारोबार शुरु गरेको बैंकका तुलसीपुर शाखा प्रवन्धक दीपीन डोटेलले जानकारी दिनुभयो । बैंकले बचत,कर्जा, इन्टरनेट बेंकिङ, सि—आस्वा, मोबाईल बैंकिङ लगायतका सेवा प्रदान गर्ने प्रबन्धक डोटेलले बताउनुभयो ।

बैंकको तुलसीपुर शाखाबाट पनि एटिएम सेवा प्रदान गरीने उहाँको भनाई छ । तुलसीपुर शाखामा तीन जना स्थानियलाई रोजगारी प्रदान गरेको र अरु पनि स्थानियलाई रोजगारी प्रदान गर्ने उहाँले बताउनुभयो ।

काठमाण्डौको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले दाङमा घोराही र तुलसीपुरमा शाखा स्थापना गरेको हो । बैंकले ग्रामिण भेगका धेरै भन्दा धेरै नागरिकलाइ बैंकिङ कारोबारमा जोड्ने र सेवालाई बिस्तार गर्दै लैजाने उहाँले बताउनुभयो ।।