दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते

दाङ, २४ चैत । दाङमा भर्खरै बस दुर्घटना हुँदा १४ जनाभन्दा बढी घाइते भएका छन् । बुटवलबाट महेन्द्रनगरतर्फ जाँदै गरेको लु १ ख ८६ ३० नम्बरको बस लमही नगरपालिका ३ फल्कापुरमा दुर्घटना भएको हो ।

Buddha International Hospital

Advertise with us

करिब ४५ जना यात्रुहरु सवार बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको नाम, ठेगाना  खुल्न सकेको छैन । घाइते सबैको लमही अस्पतालमा उपचार भइरहेको अस्थायी प्रहरी पोस्ट नर्तिले जनाएको छ ।

सडकदेखि करीब २० मिटर तल खसेको बस दुर्घटनाबारे थप विवरण केही बेरमै आउँदै छ ।