राप्ती गाउँपालिका पहाडी क्षेत्रको विकास अवस्थाको अवलोकन


तिर्थराज ज्ञवाली
२४ चैत्र दाङ० | राप्ती गाउँपालिकाद्धारा वडा नं ५ को पहाडी क्षेत्रको विकास अवस्थाको प्रगतिको वारेमा अवलोकन गरिएको छ ।

Advertise with us
राप्ती गाउँपाकिाको यस आर्थिक वर्षको स्वीकृत बार्षिक योजना अन्तरगत वडा नं ५ को पहाडी क्षेत्रको विकास र योजनाको अवस्थाको वारेमा अवलोकन गरिएको हो ।


अवलोकनमा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्मा, वडा नं ५ का वडा अध्यक्ष गोवर्धन रावत, बातावरण शाखा प्रमुख रेशमराज अधिकारी, वडा नं ५ का वडा सचिव शेरवहादुर हमाल र सब ईन्जिनियर अनिल रावत तथा सञ्चार संयोजक तिर्थराज ज्ञवालीको सहभागीता रहेको थियो ।

Buddha International Hospital


वडा नं ५ मा राप्ती गाउँपालिकाले हाल भैरहेको विकास र अवस्थाको शुश्म अवलोकन गर्दै आगामी दिनमा कस्ता र कुन विकासको कार्यक्रम लैजाने भन्ने विषयमा करङ्गेकोट, चित्रिकोट, थकरीकोट, तल्लो करङ्गेकोट, भुल्के, बंगलाचुली र राप्तीको पहाडी सिमानाको अवलोकन गरिएको हो । अवलोकनको क्रममा स्थानिय बाँसी नागरिक, गाउँ अगुवा, निर्माण उपभोक्ता समितिका पदाधिकारी, विद्यालयका अभिभावक, शिक्षकहरुसंग सोधपुछ समेत गरिएको थियो ।

करङ्गेकोट सिसहनिया बाटो, पहरुवा भुल्के बाटो, करङ्गेकोट बंगलाचुली बाटो, करङ्गेकोट बैराहा बाटो, करङ्गेकोट विद्युत विस्तार अवस्था, करङ्गेकोट थकरीकोट खानेपानीको अवस्था, स्वास्थ्य सेवा सम्भावना, विद्यालयको अवस्था र सुधारगर्न सकिने कार्य, धार्मीक तथा पर्यटकीय स्थानको सम्भावना, जडिवुटि तथा खाद्य पदार्थको उत्पादन तथा सम्भाब्यता बारेमा अवलोकन गरिएको छ ।

राप्ती गाउँपालिकाले वडा नं १, २, ५ र ९ को पहाडी क्षेत्र र सो स्थानमा बस्ने नागरिकको सेवा सुविधाको लागि पछिल्लो दुई आर्थीक वर्षमा धेरै बजेट विनियोजन गर्दै आएको छ । जनसंस्थाको अवस्था चाप तथा जनघनत्वको आधारमा राप्ती गाउँपालिकाले ति पहाडी क्षेत्रमा मैदानि भुभागको तुलनामा बढि बजेट खर्च गर्दै सो क्षेत्रको विकास गरिरहेको अवस्था छ ।