अनुदानमा पाएको गहुँ उत्पादन वृद्धिले किसान हर्षित

शिवु खनाल
देउखुरी, चैत्र | लमही नगरपालिका वडा नम्बर २ केरुनीया निवासी छेदु चौधरी अहिले मख्ख हुनुहुन्छ । विगतका दिनहरुमा स्थानिय जातको गहुँ लगाउँदै आएका चौधरीले खेतमा अहिले लमही नगरपालिका कृषि विकास उप शाखाले अनुदानमा उपलब्ध गराएको उन्नत जातको गहुँ लटरम्म फलेको छ । समय समयमा खेतबारी धाईरहने चौधरी गहुँका बाला देखेर मख्ख छन् । ५ कठ्ठा जग्गामा गहुँ खेति गरेका चौधरी विगतका दिनहरुमा भन्दा यस पटक गहुँको उत्पादन वृद्धि हुनेमा विश्वस्त छन् ।


Advertise with us
यस्तै लमही नगरपालिका वडा नम्बर २ सोनपुर निवासी गुजारीलाल चौधरी पनि उत्पादन वृद्धि हुनेमा ढुक्क दिखिन्छन् । कारण हो, लमही नगरपालिका कृषि विकास उप शाखाले ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको उन्नत जातको गहुँको बिउ लगाएका उनि विगतका दिनहरुमा भन्दा यस वर्ष उत्पादन हुनेमा आशाबादि देखिएका हुन् । साढे ६ कठ्ठा जग्गमा गहुँ लगाएका उनको खेतमा लहलाउँदो गहुँका बाला झुलिरहेको छ ।

Buddha International Hospital


लमही नगरपालिकाले गहुँमा किसानहरु लाई आकर्षित गर्दै आत्मनिर्भर बनाउने उद्देश्यका साथ लमही नगरपालिका अन्र्तगत व्यवसायिक किसानहरु लाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ उपलब्ध गराएको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले बताउनुभयो । यस्तै लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले लमही नगरपालिका अन्र्तगत व्यवसायिक किसानहरु लाई आयआर्जनको लागि विभिन्न सिपमुलक तालिम सञचालनको आयोजना गरि किसानहरु लाई तालिममुखि बनाउने बताउनुभयो । नगर प्रमुख केसीले भन्नुभयो कसरी हुन्छ किसानहरुको जिवन स्तरमा सुधार ल्याउने र किसाकै हकहितमा काम गर्ने बताउनुभयो ।


लमही नगरपालिका कृषि विकास उप शाखा प्रविधिक गंगा चौधरीका अनुसार लमही नगरपालिकाले ४६ कुन्टल गहुँको बिउ उपलब्ध गराएको थियो । प्रविधिक चौधरीका अनुसार हरितक्रान्ति कृषि सहकारी संस्था बापत किसानलाई अनुदानमा विउ उपलब्ध गराएको थियो ।

Advertise with us