जलुकेबासी भन्छन् : संरचना फेरीयो, नेतृत्व फेरीए तर अवस्था उस्तै


दाङ, २४ चैत्र । राज्यको नजरमा दाङ सुगमताको जिल्ला भनेर चिनिन्छ , भौगोलिक हिसावले केहि ठाँउ दुर्गम भएपनि अधिकांश भु—भाग समथर मैदान भएकाले पनि धेरैलाई लाग्छ दाङ प्राकृतिक हिसाबले पनि सुगम छ तर जिल्लाकै यस्ता ठाँउपनि छन् जहाँ न संचारको सुविधा छ नत स्वास्थ्य सेवा पाउन नै सहज छ ।

Blog Post Ad

बवई गाँउपालिका—५ जलुकेका स्थानीय यस्तै समस्यामा आफ्नो दैनिकी गुजार्न बाध्य छन् । राज्यको संरचना फेरीयो, नेतृत्व फेरीए तर हामीले न संचारको सुविधा पाएका छौँ न त स्वास्थ्य सेवा नै पाउन सकेका छौँ ,न खाने पानी सहजरुपमा पाउन सकेका छौँ स्थानीय हुकुमा भण्डारीले बताईन् । ‘फोन गर्न प¥यो भने कि डाँडामा जानुपर्छ , कि त रुखको टुप्पोमा जानुपछर्’—उनले दुखेसो पोखिन् ।

Blog Post Ad

देशमा राज्य व्यवस्थामा परिवर्तन आएसंगै हामीहरुमा विकासका आशा पलाएका थिए, चुनावमा भोट माग्न आउने नेताहरु पनि विभिन्न किसिमका आश्वासन बाँडेका थिए, तर चुनाव भएको २ वर्ष पुरा हुँदा समेत जलुकेमा कुनै विकास हुन सकेन् अर्का स्थानिय मानव भण्डारीले बताए ।

विकासको नाममा सडक छ, त्यै सडकमा पनि ठुला—ठुला लोड बोकेका टिप्परले हामीलाई धुलो उपहार दिएका छन्—उनले भने, हाम्रै ठाँउको करोडौँको नदिजन्य पदार्थ गाँउपालिकाले बिक्रि गर्छ तर जलुकेको सडकमा कालोपत्रेको कुरा त परै छोडौँ, ग्राबेल समेत हु्न सकेको छैन् ।

केटाकेटी विद्यालय जानेबाटो त्यहि सडक भएकाले यसको बालबालिका विद्यालयबाट फर्कने बेलामा धुलोले चिन्नै नसकिने हुुन्छन् , जसले गर्दा स्वास्थ्यमा समेत नराम्रो असर परेको छ, खै हाम्रा समस्या कसले सुनिदिने हो ? तपाईहरु आउनु भएको छ हामीलाई धेरै खुशि लागेको छ हाम्रा समस्या नेताहरुलाई भनिदिनुहोला स्थानीय रमा भण्डारीले भनिन् । बिरामी भएपछि कि त हापुरे जानुपर्छ , कि त तुलसीपुर नै हो , हापुरे पुग्न नै २ घण्टा लाग्छ, तुलसीपुरको पुग्न त दिनै लाग्छ , प्राथमिक स्वास्थ्य उपचार पाउन घण्टौँ हिड्नुपर्छ ।

करिब २ सय घरधुरी संख्या रहेको जलुकेमा स्थानीय शिक्षा, स्वास्थ्य, संचार जस्ता आधारभुत आवश्यकता पाउन सकेका छैनन् । जिल्लाका अन्य ठाँउ विकासको गति तिब्र भईरहेको समयमा जलुकेका स्थानीय, शिक्षा, स्वास्थ्य तथा संचारक्षेत्रबाट बञ्चित छन् भन्ने कुरा निकै लाजमर्दो विषय हो अर्का स्थानिय तारा भण्डारीले बताए ।

हामीहरुलाई वर्षामा बवई नदिको त्रास एकातिर छ, अर्कोतिर विभिन्न आधारभुत समस्यामा पिरोलिनु पर्दा निकै दुखद विषय हो—उनले भने—प्रशासनिक काम गर्न पनि निकै समस्या छन्, सडक संजालमा भएपनि सडकको अवस्था निकै दुरावस्था हुँदा समस्या भोग्नुपरेको छ ।

स्थानिय सरकारले जलुकेको प्राकृतिक सम्पति माथी नजर लगाउन भ्याएको छ तर विकासको नजर पु¥याउन सकेको छैन्—उनले भने नयाँ संरचना पछि निकै आशा पलाएका थिए तर अब आशा निराशामा परिणत हुँदै गएका छन् । नेतृत्वले हामीलाई चुनाबका बेला मात्रै भोट बैंकको रुपमा प्रयोग गर्ने गरेको छ, तर चुनावपछि गरेका बाचा सबै भुल्ने गरेका छन्—उनले भने ।

बवई गाउँपालिकाको सात वडा मध्ये पाँच नम्बरको जलुकेमा संचार,स्वास्थ्य, सडक लगायतका पुर्वाधार निर्माणमा तत्काल ध्यान दिन स्थानीयले स्थानिय सरकारलाई आग्रह समेत गरेका छन् । स्थानीयले सडकको अवस्था निकै दुरावस्था भएको भन्दै तत्काल ग्राबेल नगरे आन्दोलनमा उत्रने समेत चेतावनी दिएका छन् ।

उनिहरुले गिट्टी बालुवाबाट बवई गाँउपालिकाले करोडौँको राजश्व संकलन गर्ने गरेपनि त्यै नदिजन्य पदार्थ ओसार—पसार गर्ने बाटोको अवस्था बिग्रनु दुखद भएको बताएका छन् । सडकमा ग्राबेल नहुँदा धुलाले गाँउका सबैलाई रोगी बनाएको समेत बताएका छन् । तपाईहरु एकदिन आउनुहुन्छ,तर हामीहरु सधैँ यहि बाटो ओहोरदोहर गर्दा कति समस्या होला ? धुलो झार्दै अका स्थानीय सिमा भण्डारीले बताईन् । सडकमा मापदण्ड भन्दा बढी भारका टिप्पर संचालन हुँदा सडक धुलाम्य अवस्थामा पुगेको भन्दै स्थानीयले समस्या समाधानमा गम्भिर बन्न नेतृत्वलाई आग्रह समेत गरेका छन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *