पद्मोदयमा विद्यार्थीलाई बिदाई

घोराही २३ चैत । पद्मोदय उच्च नमुना माध्यमिक बिध्यालयमा अध्ययनरत कक्षा १२ का विज्ञान संकायका विद्यार्थीहरुलाई बिदाई गरिएको छ । कक्षा ११ का विद्यार्थीहरुले शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी कक्षा १२ मा अध्ययनरत ३५० जना विद्यार्थीलाई बिदाई गरेको हो ।

Buddha International Hospital

Advertise with us

आउँदै गरेको नंया वर्ष २०७६ अवसरमा कार्यक्रममा उपस्थित सम्पूर्णले एकअर्कासँग शुभकामना आदानप्रदान गरिएको थियो भने कार्यक्रममा विभिन्न सांगीतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो । शुभकामना आदानप्रदान तथा बिदाई कार्यक्रममा नेपाल पत्रकार महासँघ दाङ्गका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा कक्षा ११ का विद्यार्थीले नृत्य प्रस्तुत गरेर स्वागत गरेका थिए ।

कार्यक्रममा घोराही वडा न. १५ का अध्यक्ष रमेश कुमार पाण्डे,पद्मोदय स्कुलका शिक्षक निशांत आचार्य,तिलकराम पाण्डे,पद्मोदय बिध्यालयका व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र घर्ती ,बिध्यालयका सह-प्राचार्य लोक बहादुर बस्नेत, पद्मोदय बिध्यालयका प्रमुख कृष्णराज डिसी लगयतले आफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा कक्षा ११ का बिध्यार्थी कुशल सुवेदीको अध्यक्षतामामा भएको कार्यक्रमको सहजीकरण कक्षा ११ मा अध्ययनरत विद्यार्थी शक्तमनि विक,प्रकृति पुनले गर्नु भएको थियो ।

Advertise with us