बौद्धिक अपाङगका लागि बिशेष स्कुल दाङमा बन्ने


दाङ २३ चैत्र । पाँच नं.प्रदेश स्तरकै बौद्धिक अपाङगका लागि बिशेष स्कुल दाङमा बन्ने भएको छ । घोराही उप–महानगरपालिका वडा नं.१४ का रहेको प्रावि बालमन्दिरलाई पाँच नं. प्रदेशकै बौद्धिक अपाङका लागि अध्ययन गर्ने बिशेष स्कुलका रुपमा स्थापना हुने भएको शिक्षा मन्त्रीका गिरिराजमणी पोखरेलका सल्लाहकार जीवन गौतमले जानकारी दिनुभयो ।

Buddha International Hospital
Advertise with us

प्रदेशमै बौद्धिक अपाङ भएका बाल–बालिकाको अध्ययनका लागि बिद्यालय नभएका कारण घोराहीमा आवासीय सहितको विद्यालय स्थापना हुन लागेको उहाँले जानकारी दिनुभयो । त्यसका लागि सम्पुर्ण काम पुरा भएको उहाँले जानकारी समेत दिनुभयो । पाँच नं. प्रदेशमै नमुना स्कुलका रुपमा बाल–मन्दिरको विकास गर्न मन्न्त्रालयले खोजेको उल्लेख गर्नुभयो ।

यस्तै घोराही उप–महानगरपालिका वडा नं.१४ का अध्यक्ष शक्तिराम डाँगीले बिशेष स्कुलले दाङको शिक्षा क्षेत्रको विकासका लागि भुमिका खेल्ने वताउँनुभयो । बौद्धिक अपाङ भएका बाल–बालिकाहरुका लागि प्रयाप्त विद्यालय नहुदा अध्ययनमा समस्या भएको भन्दै बिषेश स्कुलले बौद्धिक अपाङ भएका बालबालिकाहरुका लागि निकै सहयोग पुग्ने वताउँनुभयो ।