दाङका झन्डै दुई सयले लिए निशुल्क प्लाष्टिक सर्जरी सेवा

दाङ २३ चैत्र । दाङको तुलसीपुरमा आयोजना गरिएको प्लाष्टिक सर्जरी शिविरमा झन्डै दुई सय जनाले सेवा लिएका छन् । शिविरबाट १ सय ९२ जनाले सेवा लिएको कार्यक्रम संयोजक तेजप्रसाद पोख्रेलले जानकारी दिनु भएको छ । उहाका अनुसार दाङका १ सय ५१, सल्यानका २४, रोल्पाका ६, रुकुमका ६, बाँकेका २ ,प्युठानका २, जाजारकोटका १ जना रहेका छन् ।

Buddha International Hospital

Advertise with us

जसमा राप्ती प्रादेशिक अस्पतालमा ओठ तथा तालु फाटेका ३२ जनाको सफल शल्यक्रिया गरिएको छ भने जटिल प्रकृतिका २७ जनालाई थप उपचारका लागी नेपालगन्ज, बुटवल र काठमाडौ रिफर गरिएको छ । उनीहरु सवैको निशुल्क रुपमा उपचार हुने भएको छ ।



शिविरमा नेपालगन्ज मेडिकल कलेजका डाक्टर विनोद कर्ण, किर्तिपुर मोडल अस्पताल काठमाडौमा कार्यरत प्लाष्टिक सर्जन डाक्टर किरण निकर्मी सहित तिन जना नर्स, एनेस्थिया डाक्टर धिरज, डाक्टर कमल र राप्ती प्रादेशिक अस्पतालका ५ जना सहयोगी खटिएका थिए ।

 

अपाङग समाज सुधार केन्द्रको आयोजना एवं कल्याणकारी अपाङग सेवा संघ सल्यानको सहआयोजना तथा किर्तिपुर मोडेल अस्पताल र राप्ती प्रादेशिक अस्पतालको प्राविधिक सहयोगमा प्लाष्टिक सर्जरीको निशुल्क उपचारका लागी शिविरको आयोजना गरिएको थियो ।

गत मंगलवार देखी सुरु भएको चार दिने निशुल्क शिविरबाट दाङ, सल्यान ,रुकुम, रोल्पा, बाँके, जाजारकोट र प्युठानका विरामीले सेवा लिएका थिए ।।