सरकारी तथा गैरसरकारी कार्यालयले तिरेनन् महशुल

तुलसीपुरमा साढे ५ करोड विद्युत महसुल उठ्न बाँकी


तुलसीपुर,२२ चैत्र । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रमा साढे ५ करोड रुपैयाँविद्युत महसुल उठ्न बाँकी रहेको जनाएको छ । ६ वर्षको अवधीको ५ करोड ४९ लाख ७८ हजार ४ सय ७९ रुपैयाँ रकम उठाउन बाँकी रहेको केन्द्रले जानकारी दिएको छ ।

Buddha International Hospital
Advertise with us

घरायसी देखी सरकारी तथा गैरसरकारी कार्यालयले विद्युत प्रयोग गरेर महसुल तिरेका छैनन् । २०६९ देखी २०७५ फागुन मसान्त सम्मको तथ्याङक हेर्दा साढे ५ करोड रुपैयाँ महसुल रकम उठाउन बाँकी रहेको केन्द्रका प्रमुख दिपकजंग चौधरीले जानकारी दिनुभयो ।

तथ्याङक अनुसार सवैभन्दा बढि घरबहालबाट ३ करोड १८ लाख ८९ हजार ८ सय ४२ रुपैयाँ उठ्न बाँकी देखिएको छ । त्यस्तैगरी सडक बत्तीको १ करोड६७ लाख २ हजार ९ सय एक रुपैयाँ, उद्योगी व्यापारीबाट १ करोड ५४ लाख २ हजार ६ सय ५८ रुपैयाँ,उद्योग, कलकारखानाबाट साढे ४० लाख रुपैयाँ, सिचाई क्षेत्रबाट डेढ लाख रुपैयाँ रकम उठाउनु पर्ने देखिएको केन्द्र प्रमुख चौधरीको भनाई छ ।

वितरण केन्द्रले पटक पटक ताकेता गर्दा समेत अटेरी गरी विद्युत महसुल बुझाउन बाँकी रहेकाहरु मध्ये कतिपय ग्राहकको विद्युत लाईन काटिएको र अन्यको पनि लाईन काट्ने तयारी भएको जनाएको छ ।।

Advertise with us