शैक्षिक सुधारका लागि बिद्यालयसँग छलफल

घोराही, २१ चैत्र | शैक्षिक सुधारका लागि घोराही उपमहानगरपालिका ११ ले वडाभित्र रहेका बिद्यालयहरु सँग छलफल थालेको छ । वडा कार्यालयको आयोजनामा बिद्यालयका प्रधानाध्यापक, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष र शिक्षाप्रेमीको सहभागीतामा छलफल थालिएको हो ।

Buddha International Hospital

Advertise with us

वडाभित्र रहेका सामुदायिक तथा संस्थागत बिद्यालयका सबै पदाधिकारीसंग छलफल गरिएको छ । शैक्षिक सुधारका लागि पहिलो चरणमा छलफल गरिएको वडाध्यक्ष कुलबहादुर लामिछानेले जानकारी दिनुभयो ।

बिद्यार्थी संख्या न्यून भएका विद्यालयहरुमा विद्यार्थी संख्या कसरी बढाउन सकिन्छ र शैक्षिक गुणस्तर कसरी बृद्धि गर्न सकिन्छ भन्ने विषयमा बिषशे छलफल हुने वडाध्यक्ष लामिछानेले बताउनुभयो ।

वडाध्यक्ष लामिछानेको अध्यक्षता तथा नेपाल शिक्षक संगठनका जिल्ला सचिब मिनराज शर्माको प्रमुख आतिथ्यता तथा पशुपति बिद्यालश्रमका प्रिन्सिपल केशब थापाको बिशिष्ट आतिथ्यतामा छलफल भएको हो ।

छलफलले शैक्षिक सुधारका लागि सबै उपायहरु अपनाएर अघि बढ्ने निर्णय समेत गरेको छ । वडा सदस्य ज्ञानेन्द्रबहादुर बस्नेतको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक लालमणी खड्काले गर्नुभएको थियो ।