६४ घण्टा पछि शव फेला

Advertise with us

कृत्रिम तालमा डुबेका युवाको शव ६४ घण्टा पछि फेला परेको छ । आईतबार बेलुका ४ बजे पौडी खेल्ने क्रममा घोराही उपमहानगरपालिका वडा नं. १७ गुलरियामा निर्माण गरिएको कृतिम तालमा डुबेर बेपता भएका घोराही १५ निवासी १८ वर्षीय लक्ष्मण डिसीको शब बुधबार बिहान साढे ८ बजेतिर फेला परेको हो ।

Buddha International Hospital

Advertise with us

चिसोमा शरिर फुल्न नपाएकोले शब माथि आउन नसक्दा ढिलागरि शब फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । उनको खोजीका लागि चितवनबाट गोताखोरको टोली पनि दाङ आएको थियो । गोताखोरले पनि शब भेटाउन नसकेपछि पोखरीको पानी सुकाएर उनको शब निकालिएको हो । पानी सुकिसकेपछि उनको शब भेटिएको प्रहरीले बताएको छ ।

शवलाई परीक्षणका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ । सब परीक्षण पछि आफन्तलाई बुझाईने प्रहरीले बताएको छ । आईतबार गुलरियामा संगै क्रिकेट खेलेपछि नुहाउन तालमा पसेका उनी डुबेर बेपता भएका हुन् ।