तुलसीपुरमा पनि शुरु भयो नेपाल बैंक लिमिटेडको सेवा


तुलसीपुर,२१ चैत ।।
नेपाल बैंक लिमिटेडले दाङको तुलसीपुरबाट पनि सेवा दिन शुरु गरेको छ । बैंकले तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ घोराही रोडबाट बुधबारदेखि शाखाले सेवा शुरु गरेको हो ।

Advertise with us

Buddha International Hospital

बैंकका शाखा प्रबन्धक विश्वराज अधिकारीका अनुसार हाल नयाँ खाता खोल्ने, नगद जम्मा, भुक्तानी, रेमिट्यान्स, ट्रान्सफर सेवा शुरु भएको हो । साथै एक दुईहप्ता भित्रमा विभिन्न कर्जा, एटिएम, राजश्व, लकर, सुन धितो कर्जा लगायत सम्पूर्ण वित्तिय सेवा प्रवाह हुने समेत उहाले बतानुभयो ।

अहिले ३ जना कर्मचरीले सेवा प्रवाह गरिरहेको उहाको भनाई छ । यस अघि तुलसीपरमा उक्त बैंकको शाखा नहुँदा हरेक कार्यका लागि घोराही जानुपर्ने बाध्यता अन्त्य हुने भएपछि यहाँका नागरिक खुसी भएको छन् ।

दाङमा नेपाल बैंक लिमिटिडका सेवाग्राही धेरै भएकाले तुलसीपुर शाखा सञ्चालनमा ल्याईएको प्रबन्धक अधिकारीको भनाई छ । अहिले बैंकका लागि घर भाडामा लिएर सेवा शुरु गरिएको हो ।


उहाका अनुसार उक्त घरको भाडा मासिक ८० हजार रुपैयामा तिर्ने सहमति भएको छ । शाखा सञ्चालनको पहिलो दिन बैंकका प्रदेश नं. ५ का प्रमुख पासाङ दोर्जे सेर्पा, घोराही शाखा प्रबन्धक चन्द्रप्रकाश अधिकारीलगायतको सहभागिता रहेको थियो ।

Advertise with us