राप्ती प्रादेशिक आयुर्वेदमा बढे सेवा लिने

प्रयोगशालाका लागि आबश्यक पूर्बाधार नहुँदा समस्या


तुलसीपुर, २१ चैत । दाङको राप्ती प्रादेशिक आयुर्वेद औषधालय तुलसीपुरमा प्रयोगशाला सेवा शुरु भएपछि सेवा लिनेको संख्या बढेको छ । बिरामीलाई प्रभाबकारी सेवा दिन भनि सञ्चालनमा ल्याईएको प्रयोगशाला बाट दैनिक ५–७ जना भन्दा बढि बिरामीहरु लाभाम्बित हुने गरेका छन् ।

Buddha International Hospital
Advertise with us

गएको मंङ्सिर देखि ल्याब सेवा शुरु भएसंगै आयुर्वेदमा बिरामीको संख्या पनि बढेको प्रमुख आस्मा केसीले बताउनुभयो । कुनै समय सुनसान हुने गरेको औषधालयमा पछिल्लो समय बिरामीको चाप बढ्ने गरेको समेत उहाको भनाई छ ।

ल्याब सेवा शुरु भएपनि आबश्यक पूर्बाधार नहुँदा भने समस्या हुने गरेको उहाले बताउनुभयो । साथै एक जना ल्याब अस्सिटेन्ट मात्रै रहेको भन्दै थप कर्मचारी पनि पठाउनु पर्ने प्रमुख केसीको भनाई छ ।

अस्पतालका बैद्य मञ्जित कुमार यादवका अनुसार बजारमा दुई हजार तिरर ल्याब सेवा लिनुपर्ने भएपनि औषधालयमा भने ६–७ सयमै सेवा प्रदान गरिएको छ । करिब तीन लाखको लगानीमा ल्याब सेवा सञ्चालनमा ल्याईएको बताईएको छ ।