राप्ती नदीमा डुबेर बालिकाको मृत्यु

Advertise with us

देउखुरी, २० चैत्र | नुहाउने क्रममा राप्ती नदीमा डुबेर ११ वर्षीया बालिकाको ज्यान गएको छ । लमही नगरपालिका अन्तर्गत राप्ती नदीको झारबैरा घाटमा नुहाउने क्रममा डुबेर लमही नगरपालिका वडा नम्बर ५ कोलही निवासी दण्डिराम चौधरीकी ११ वर्षीया छोरी अस्मिता चौधरीको ज्यान गएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले जानकारी दिनुभयो ।

Buddha International Hospital

Advertise with us

नुहाउने क्रममा डुबेकी चौधरीको शव डेढ घण्टापछि फेला परेको थियो । शवलाई पोष्ट मार्टमका लागि लमही अस्पतालमा लगिएको छ ।