एक बर्ष देखि रकम नपाएको द्धन्द्ध पीडितको गुनासो

Advertise with us

घोराही, २० चैत । तत्कालिन शशस्त्र द्धन्दका अपांग घाइतेहरुले सरकारले उपलब्ध गराउदै आएको सहयोग रकम एक वर्षदेखी आफुहरुले नपाएको गुनासो गरेका छन । द्धन्द्धबाट घाइते भएकोहरुको अवस्था पहिचान तथा सरोकार वालाको भुमिका विषयक जिल्ला स्तरीय संवाद कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन ।

Buddha International Hospital


Advertise with us
महिला कानुन र विकास मञ्च तथा इन्टरनेश्नल एलर्टको संयुक्त आयोजनामा संचालित परियोजना अन्तगत घोराही उपमहानगरपालीका वर्डा न १५ मा आयोजित उक्त जिल्ला स्तरीय संवाद कार्यक्रममा वोल्ने द्धन्द्ध पीडीत घाइते अपांगता भएका व्यक्तीहरुले परिवर्तनका लडेका आफुहरुको अवस्था देशमा परिवर्तन आए पनि फेरिन नसकेको बताएका छन ।


उनीहरुले द्धन्द्ध पीडित घाइते अपांगता भएकाहरुको नाममा आउने गरेको सहयोग रकम वास्तविक द्धन्द्ध पीडित घाइतेहरुले पाउन नसकेको, पहुचवाला गैर व्यक्तीहरुले पाएको, औषधी उपचारमा सरकारले वेवास्ता गर्ने गरेको गुनासो समेत गरेका छन ।


कार्यक्रममा बोल्ने सहभागीहरुले स्थानीय सरकारले समेत आफुहरुका लागी कुनै पहल नगरेको, अपांगता भएका द्धन्द्ध पीडितका लागि कुनै योजना ल्याउन नसकेको बताएका थिए । सहभागीहरुले द्धन्द्ध कालीन समयमा लागेका गोलीका छर्रा अहिले पनि शरीरमा रहेको, आर्थिक अभावका कारण औषधी उपचारमा समस्या भएको बताएका छन ।

कार्यक्रममा द्धन्द्ध कालिन समयमा घाइते अपांगता भएका रामपुर २ का तिलक राम पौडेल, घोराही १७ गैरागाउका केशव चौधरी, दिनेश नेपाली, नन्दराम दहाल, प्रताप केसी लगायतले केन्द«ीय सरकार र स्थानीय सरकारको प्राथमिकतामा आफुहरु नपर्दा जीवन चलाउन अत्यन्त कठीन भएको बताएका थिए ।

कार्यक्रममा घोराही उपमहानगरपालीका वर्डा न १७ का वडा अध्यक्ष खुशीराम र्चौधरीले द्धन्द्धको घाउँ देशभरकै समस्या भएको बताउदै यसलाई केन्द्रिय सरकारले समाधान गर्नुपर्ने बताएका थिए । उनले द्धन्द्ध पीडितका लागी घोराही उपमहानगर पालिका तथा वडाहरुले कुनै त्यस्तो वजेट छ नछुटयाए पनि पीडितहरुलाइ आवश्यक सहयोग सामाग्री तथा योग्यता र क्षमताका आधारमा रोजगारीका लगाी स्थानीय तहहरुले पहल गर्न सक्ने बताए ।

यस्तै घोराही १६ की महिला सदस्य खिमा घर्तीमगरले द्धन्द्ध पीडित अपाँगता भएकाहरु वडामा समस्या लिएर नआएको बताउदै आगामी दिनमा यसवारे गंभीर वन्ने बताइन । महिला कानुन र विकास मञ्चका जिल्ला संयोजक अधिवक्ता गोमा महराले विषय प्रवेश गराएको कार्यक्रमको सहजीकरण जिल्ला संजालका संयोजक प्रकाश चौधरील गरेका थिए । परियोजनाले बाँके वर्दिया, कैलाली र दाङ गरी चार जिल्लामा कार्यक्रम गरिरहेको छ ।

उक्त कार्यक्रम दाङ जिल्लाको घोराही उपमहानगरपालीका र दंगीशरण गाउपालीकामा संचालन भैरहेको संयोजक चौधरीले बताए ।