क्लिन तुलसीपुर ग्रिन तुलसीपुर१ सय १८ औँ हप्तामा प्रबेश

यमकला भुसाल
तुलसीपुर, मसिंर | तुलसीपुर बजारलाई सफा राख्नका लागी सुरु गरिएको क्लिन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियान मगंलवार देखि १ सय १८ औ हप्तामा प्रबेश गरेको छ ।

Buddha International Hospital
Advertise with us

तुलसीपुर उद्योग वाणिज्य सघं र तुलसीपुर उपमहानगरपालिकाको सयुंक्त आयोजनामा सुरु गरिएको अभियान अन्तर्गत मगंलवार जिल्ला बचत तथा ऋण सहकारी सघंको अगुवाईमा तुलसीपुरको बसपार्क क्षेत्र भित्र सरसफाई गरिएको छ । जिल्ला बचत तथा ऋण सहकारी सघंका अध्यक्ष रुपबहादुर खत्रीको अध्यक्षतामा भएको अभियानको तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का वडा अध्यक्ष बिरेन्द्र शाहले सुभारम्भ गर्नुभएको थियो । सो अवसरमा बोल्दै क्लिन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियानका सयोजंक बिमल रिजालले सरसफाई अभियानलाई परिणाम मुखि बनाउनु सबैको दायित्व भएको भन्दै यो अभियानमा सबै एक भएर लाग्नुपर्ने बताउनुभयो ।

साथै उहाँले जथाभावी फोहर फाल्ने जो कोहीलाई पनि दण्ड जरिवानाको व्यवस्था गरिने समेत बताउनुभयो । १ सय १८ औँ हप्ताको अभियानमा सघं सस्थां,उद्योगी व्यापारी, व्यवसायी,राजनितिकदल,पत्रकार,सुरक्षा निकाय,विभिन्न टोल विकास सस्थां एवं सर्व साधारणहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

उक्त सरसफाइ अभियानको कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिकाका सुचना अधिकृत झरेन्द्र खरेलले गर्नुभएको थियो ।

Advertise with us